मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १२ बुधबार
  • Wednesday, 27 November, 2024
तस्बिर : मोहम्मद जातारी/एपी
रासस बेरुत
२o८१ मङ्सिर १२ बुधबार १७:o५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युद्धविरामपछि बेरुतका विस्थापित बासिन्दा घर फर्के

Read Time : < 1 मिनेट
रासस, बेरुत
नयाँ पत्रिका
२o८१ मङ्सिर १२ बुधबार १७:o५:oo

युद्धविराम लागू भएपछि द्वन्द्वका कारण क्षति भएको बेरुतको दक्षिणी उपनगरबाट विस्थापित बासिन्दाहरू बुधबार घर फर्केका छन्। लामो समयपछि भएको युद्धविराम कार्यान्वयनका  लागि धेरैले हिजबुल्लाहको प्रशंसा गर्दै विजय उत्सवसमेत मनाएका छन्।

पछिल्लो समय इजरायलले दिनहुँजसो आक्रमण गर्दा धेरै हदसम्म खाली भएको उक्त आवासीय क्षेत्रमा विस्थापितहरू एकैचोटी फर्किँदा भिडभाड भई ट्राफिक जामसमेत भएको एएफपीले जनाएको छ।

विस्थापितहरू आफ्नो क्षतिग्रस्त घर र व्यवसाय देखेर आँसु बगाउँदै उत्खननकर्ताहरूको सहयोगमा भग्नावशेष हटाउनका लागि पर्खिरहेका थिए।

स्थानीय इन्जिनियर निजाम हमादेले आफ्नो घरतर्फ फर्किँदै हमलामा मृत्यु भएका हिजबुल्लाह नेता सैयद हसन नस्रल्लाहको उपनगरमा फर्किँदा उनीहरूलाई धन्यवाद दिँदै फर्किएको एएफपीले जनाएको छ।

दक्षिण बेरुत उपनगरले मंगलबार द्वन्द्वको सबैभन्दा तीव्र रूपको सामना गरेको थियो। युद्धविराम लागू भएपछि आफूहरू घर फर्किएको उक्त उपनगरनिवासी फातिमाले बताइन्। 

बुधबारदेखि युद्धविराम लागू भएपछि इरान समर्थित समूहले दक्षिण बेरुत र पूर्वी लेबनानको गढहरूमा भ्रमणको आयोजना गरिरहेको थियो।

गाजा युद्धलाई लिएर हिजबुल्लाहले सुरु गरेको सीमापार हमलाको लगभग एक वर्षपछि इजरायलले लेबनानमा हिजबुल्लाहको गढहरू लक्षित आक्रमण बढाई दक्षिणी सीमापार सेना तैनाथ गरेको थियो।

केही बासिन्दाहरू तुरुन्तै युद्ध, जुलुससहित आफ्ना प्रिय नेताको हत्या भएको स्थानतर्फ लागेको एएफपीले जनाएको छ।

यसै क्रममा हिजबुल्लाहका समर्थकहरूले नस्रल्लाह र हासेम सफिद्दिनका तस्बिरहरू हस्तान्तरणसमेत गरिरहेका एएफपीले जनाएको छ।