मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १२ बुधबार
  • Wednesday, 27 November, 2024
२o८१ मङ्सिर १२ बुधबार १o:५९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ललितपुरलाई नेपालकै व्यवस्थित सहर घोषणा गराउन  चाहन्छौँ : मेयर महर्जन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १२ बुधबार १o:५९:oo

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुरलाई नेपालकै सबैभन्दा सफा र व्यवस्थित सहर घोषणा गराउन चाहेको बताएका छन् । स्थानीय व्यापारीहरूको समस्या समाधानको निमित्त ललितपुर तयारी पोसाक व्यापार संघको ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझ्दै उनले आफूहरू शासक नभई जनताको सेवक भएको बताए । उनले स्थानीय नागरिक र व्यापारीको हितलाई ध्यानमा राखेर सेवा प्रवाह गर्दै ललितपुरलाई सफा, सुन्दर र ‘स्मार्ट सिटी’ बनाउन लागि पर्ने बताए । 

‘स्थानीयवासी र व्यवसायीसँग हातेमालो गरेर अगाडि बढ्छौँ, तपाईंहरूको मागलाई हामी सम्बोधन गर्छौं, यो ज्ञापनपत्र बोर्ड बैठकमा पेस गर्छाैं र कार्यान्वयनमा नीतिगत व्यवस्था गरेर अगाडि बढ्छौँ,’ मेयर महर्जनले भने ।

ललितपुर तयारी पोसाक व्यापार संघका संस्थापक अध्यक्ष तथा ललितपुर चेम्बर आफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले पछिल्लो समय व्यापार घट्दो अवस्थामा रहेको बताउँदै अव्यवस्थित फुटपाथ बजारलाई हटाइ भाडामा बस्ने व्यवसायीलाई संरक्षण गरिनुपर्ने बताए । उनले सटर भाडामा लिएर व्यवसाय गर्ने व्यवसायीलाई सहजरूपमा व्यवसाय गरी आम्दानी गरेर कर तिर्ने वातावरण तयार गर्न महानगरलाई आग्रह गरे ।