विद्युतीय कारोबार ऐन कसुरअन्तर्गत पक्राउ परेका दुर्गा प्रसाईंका समर्थकहरूले माइतीघरमा प्रदर्शन गरेका छन्। प्रसाईंको बन्दी प्रत्यक्षीकरणका लागि पेसी चढेसँगै उनका समर्थक प्रदर्शनमा उत्रिएका हुन्।
प्रसाईंले प्रधानमन्त्री केपी ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिआटा टेलिकममा अवैध लगानी रहेको भन्दै विवादास्पद विवरण सार्वजनिक गरेका थिए। भ्रमपूर्ण विवरण सार्वजनिक गरेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंसिर ४ गते भक्तपुरबाट पक्राउ गरेको थियो।
प्रसाईं यसअघि साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका थिए। आफ्नो चरित्रहत्या हुने गरी अन्तर्वार्तामा बोलेको भन्दै एक महिलाले उनीविरुद्ध उजुरी दिएकी थिइन्।
तस्बिरमा हेर्नुस् प्रसाईंका समर्थककाे प्रदर्शन :