Skip This
नेपाल–कोरिया मैत्री अस्पतालको नयाँ भवन शिलान्यास
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ११ मंगलबार
  • Tuesday, 26 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ११ मंगलबार १o:५२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल–कोरिया मैत्री अस्पतालको नयाँ भवन शिलान्यास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ११ मंगलबार १o:५२:oo

भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दक्षिण कोरियाको सहयोगमा निर्माण हुने नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको नयाँ भवन सोमबार शिलान्यास गरिएको छ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, नेपालका लागि दक्षिण कोरियाका राजदूत ताई योङ पार्क, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठले संयुक्त रूपमा भवन शिलान्यास गरेका छन् ।

कोरियन इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका)मार्फत दोस्रो चरणको आर्थिक सहयोग प्राप्त भएपछि नयाँ भवन निर्माण गरिने भएको हो । सात रोपनी क्षेत्रफलमा फैलिएको पाँचतले नयाँ भवनको भौतिक संरचना नै तीन रोपनीमा बन्ने अस्पतालका अध्यक्ष एवं नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताएका छन् । कोइकाले दोस्रो चरणमा अस्पताल विकासका लागि एक अर्ब २७ करोड उपलब्ध गराएको उनले जानकारी दिए । अस्पतालमा दैनिक सात सयदेखि नौ सय जनासम्मले स्वास्थ्य सेवा लिइरहेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.डिके रौशनले बताए  । 

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रधान एवं सहरी विकासमन्त्री श्रेष्ठले स्वास्थ्य सेवामा स्थानीयको पहुँच अभिवृद्धि गर्न सुविधासम्पन्न भवनले मद्दत गर्ने विश्वास व्यक्त गरे । सो अवसरमा प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले अस्पतालमा प्राविधिक धारका शैक्षिक कार्यक्रमसम्मेत सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि पहल गर्ने प्रतिबद्धता प्रकट गरे । 

त्यसैगरी, नेपालका लागि दक्षिण कोरियाका राजदूत ताई योङ पार्कले दुई देशबिचको मित्रता थप बलियो बनाउन अस्पतालको महत्व रहेको बताउँदै अस्पतालले आधारभूत स्वास्थ्य सेवा प्रवाह प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।