सन् २०२३ मा विश्वभर करिब ८५ हजार महिला तथा बालिकाको हत्या भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। जसमा ६० प्रतिशत हत्या साथी तथा परिवारका सदस्यहरूद्वारा गरिएको उल्लेख छ।
संयुक्त राष्ट्रसंघको लागुऔषध तथा अपराध कार्यालय (युएनओडिसी) र राष्ट्रसंघको महिला विभागले महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाउन प्रकाशित गरेको प्रतिवेदनले गत वर्ष हरेक १० मिनेटमा एक महिलाको हत्या भएको जनाएको छ।
प्रतिवेदनअनुसार अफ्रिकाले गत वर्ष साझेदार र परिवारसँग सम्बन्धित महिला हत्याको उच्चतम दर रेकर्ड गरेको छ। त्यसपछि अमेरिका र ओसिनिया रहेका छन्।
प्रतिवेदनले अपराधीहरूलाई जवाफदेही बनाई अब्बल न्याय प्रणालीका लागि जीवितहरूलाई सहयोग सुनिश्चित गर्नुपर्ने बताउँदै युएनओडिसीका कार्यकारी निर्देशक घडा वलीले लैंगिक पूर्वाग्रह तथा महिलाविरुद्धको हिंसालाई अन्त्य गर्न आह्वान गरेका छन्।