Skip This
भीमदत्त ६ मा वडाध्यक्षका लागि १२ उम्मेदवार चुनावी मैदानमा
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ११ मंगलबार
  • Tuesday, 26 November, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ मङ्सिर ११ मंगलबार १३:५७:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भीमदत्त ६ मा वडाध्यक्षका लागि १२ उम्मेदवार चुनावी मैदानमा

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ मङ्सिर ११ मंगलबार १३:५७:oo

१६ मंसिरमा कञ्चनपुरको भीमदत्त नगरपालिका– ६ मा रिक्त वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ। पाँच हजार ४३४ मतदाता रहेकाे वडामा दुई स्वतन्त्र र १० दलका गरी १२ उम्मेदवार आफ्ना चुनावी एजेन्डा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन्। 

नेपाली कांग्रेसबाट प्रकाशबहादुर चन्द, नेकपा एमालेबाट बहादुर चन्द, नेकपा माओवादी केन्द्रबाट नानाराम कोली, नेकपा एकीकृत समाजवादीबाट जितेन्द्रबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामदत्त भट्ट चुनावी प्रतिस्पर्धामा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट यसअघि पनि दुईपटक चुनावमा होमिएका सुशीलकुमार भट्ट र राप्रपा नेपालका दिलबहादुर धामीले उम्मेदवारी दर्ता गराएका छन्।

कांग्रेसका उम्मेदवार प्रकाश चन्द नेविसंघबाट राजनीतिमा आएका हुन्। एमालेका बहादुर चन्द शिक्षण पेसाबाट तथा माओवादी केन्द्रका नानाराम कोली समाजसेवा हुँदै राजनीतिमा लागेका हुन्। एकीकृत समाजवादीका जितेन्द्र चन्द कृषि हुँदै राजनीतिमा आएका हुन् भने रास्वपा उम्मेदवार रामदत्त भट्ट पनि यसअघि शिक्षण पेसामा थिए।

यता, जनमत पार्टका तर्फबाट यादवबहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीबाट हरिश डगौरा र नेमकिपाबाट दलबहादुर बोहरा चुनावी मैदानमा होमिएका छन्। कांग्रेस, एमाले, एकीकृत समाजवादी र राप्रपाका उम्मेदवार सबै भगवती टोलकै हुन्। त्यसमा पनि कांग्रेसका उम्मेदवार प्रकाश चन्द र एमालेका उम्मेदवार बहादुर चन्द काका–भतिजा हुन्। यता राप्रपाका उम्मेदवार सुशील भट्ट एमालेका उम्मेदवार बहादुर चन्दका मित हुन्।