Skip This
सिएसआर योगदानका लागि ज्योति विकास बैंक सम्मानित
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ११ मंगलबार
  • Tuesday, 26 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ११ मंगलबार १o:४८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिएसआर योगदानका लागि ज्योति विकास बैंक सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ११ मंगलबार १o:४८:oo

महावीर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रले ज्योति विकास बैंकलाई सम्मान गरेको छ । केन्द्रले बैंकलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उल्लेखनीय योगदान गरेको भन्दै सम्मान गरेको हो ।

बैंकले देशभरका ५१ वटा ग्रामीण, दुर्गम र विभिन्न क्षेत्रका स्वास्थ्य संस्थामा ‘न्यानो नानी’ परियोजनामार्फत बेबी वार्मर मेसिनको पहुँच पुर्‍याएको थियो । सोही कार्यका लागि सम्मानित भएको हो ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रका संस्थापक तथा अध्यक्ष पुनले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कपिल ढकाललाई बैंकले पुर्‍याएको अतुलनीय योगदानप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै विशेष सम्मानपत्र प्रदान गरे । 

‘न्यानो नानी’ परियोजनाअन्तर्गत बैंकले हालसम्म केन्द्रद्वारा निर्मित ५१ वटा बेबी वार्मर मेसिन देशभर जडान गरिसकेको छ । यी उपकरणले प्रतिवर्ष करिब १८ सयभन्दा बढी शिशुको जीवन रक्षा गर्न गरेको बैंकले जनाएको छ । एउटा बेबी वार्मरले हरेक वर्ष ३७ वटा नवजात शिशुको जीवनरक्षा गर्नमा मद्दत गर्छ । 

यो उपकरण विदेशबाट आयात गरिएका बेबी वार्मरको तुलनामा ५० प्रतिशत कम लागतमा निर्माण भइरहेको बताइएको छ । बैंकले यस परियोजनामार्फत स्वास्थ्यमा जीवनरक्षक उपकरण प्रदान गर्नुका साथै नेपालमै रहेका युवाहरूको सीपलाई उजागर गरी स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने प्रयास गरिएको जनाएको छ ।