Skip This
रेडियन्ट र स्वर्णिम सेमिफाइनलमा
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १० सोमबार
  • Monday, 25 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर १० सोमबार o८:५७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रेडियन्ट र स्वर्णिम सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर १० सोमबार o८:५७:oo

रेडियन्ट पब्लिक र स्वर्णिम दशौँ रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर महिलामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । रेडियन्टले ज्ञानोदय बालवाटिकालाई २१–८ ले हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो । रेडियन्टकी दिव्यान्शा कार्कीले १६ स्कोर गरिन् । अर्को खेलमा स्वर्णिमले एलआरआईलाई १६–४ ले हरायो । स्वर्णिमकी नितिशा महर्जनले ७ स्कोरको योगदान गरेकी थिइन् । जेसिस र केभिसीले यसअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेका छन् ।

सिनियर पुरुषमा रेडियन्टले संस्कृतिलाई ४४–३५ ले हरायो । रेडियन्टका सुसनराज न्यौपानले सर्वाधिक १६ स्कोर गरेका थिए । पुष्पसदनले स्वस्तिश्री गुरुकुलमाथि ३८–२७ को जित निकाल्यो । ज्ञानोदय बालवाटिकाले मेगसलाई ५३–२७ र एलआरआईले क्षेत्रज्ञलाई ४८–४१ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । पुष्पसदनका उमंग अमात्यले १२, ज्ञानोदयका दीपेश शाहीले १२ र एलआरआईका रुइची श्रेष्ठले ३० स्कोर गरे । 

जुनियर पुरुषमा सेबले रेडियन्ट पब्लिकलाई ३०–१३ ले पाखा लगायो । कश्यपले पिपुल्स एकेडेमीलाई २३–१९ ले हरायो । ब्राइट होराइजन नवीन ज्योतिलाई १५–८ र ग्रिनफिल्ड पुष्पसदनलाई १८–१० ले पन्छ्याउँदै सेमिफाइनलमा पुगेका छन् । सेबका सुजन घलेले ११, कश्यपका एलेन लामाले ११, ब्राइट होराइजन का उज्ज्वल तामाङले ६ र ग्रिनफिल्डका मनोज तामाङले ६ स्कोर गरे ।