मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ७ शुक्रबार
  • Friday, 22 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ मङ्सिर ७ शुक्रबार o७:२७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एमालेको जागरण आमसभा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर ७ शुक्रबार o७:२७:oo

एमालेले शुक्रबार काठमाडौंमा जागरणसभा आयोजना गरेर शक्ति प्रदर्शन गर्दै छ । ०७९ को निर्वाचनपछि मिसन ग्रासरुट र झुलाघाट–चिवाभञ्ज्याङ अभियानमार्फत ठूलो जनपरिचालन गरेको एमालेले काठमाडौं उपत्यकाको शक्ति परिचालन गरेर जनसभा गर्न लागेको हो । दरबारमार्गमा हुने जागरणसभालाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली तथा महासचिव शंकर पोखरेलले सम्बोधन गर्नेछन् । भृकुटीमण्डपमा निर्धारण गरिएको प्रदर्शन जनसहभागिता बढ्ने मध्यनजर गरेर नारायणहिटीअगाडिको दरबारमार्ग प्रांगणमा सारिएको एमालेले जनाएको छ ।

जागरणसभा तयारी समितिका संयोजक कैलाश ढुंगेलले सभाअघि छोटो जुलुस रुट तय गरिएको बताए । भद्रकाली, त्रिपुरेश्वर, आरएनएसी र वीर अस्पतालआसपास जुलुसलाई केन्द्रित गरेर मूल जुलुस भद्रकाली हुँदै रत्नपार्कबाट सिधै दरबारमार्ग पुग्ने गरी रुट तय गरिएको उनले जानकारी दिए । जसअनुसार भद्रकालीदेखि रत्नपार्कआसपाससम्म जुलुसले भर्ने गरी एमालेले योजना बनाएको छ ।

काठमाडौंको तीनवटै जिल्ला, सम्पर्क समन्वय कमिटी, जनसंगठन र केन्द्रीय निकायलाई एमालेले संख्या नै तोकेर जनसहभागिता प्रदर्शित गर्न कडाइका साथ निर्देशन गरेको छ । काठभाडौंभित्रका वडा र टोल तहसम्मको शक्तिलाई एमालेले सभामा उतार्दै छ । दिउँसो चार घण्टाभित्र सम्पन्न गर्ने गरी तय गरिएको सभाको जनसहभागितालाई एकीकृत गर्न एमालेले कलाकारहरूको सांस्कृतिक प्रस्तुति पनि राखेर कार्यक्रम तालिका बनाएको छ ।

देश बन्दैन भन्दै निराशा र अराजकता फैलाइएकाले लोकतन्त्र, स्थिरता र समृद्धिका पक्षमा जनता जागरुक गर्ने उद्देश्यसहित जागरणभा आयोजना गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् । एमालेले लोकतन्त्र, सामाजिक सद्भाव, राष्ट्रिय एकता र समृद्धिको पक्षमा ऐक्यबद्धताका लागि प्रर्दशन गर्न लागेको बताउँदै आएको छ ।