मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ५ बुधबार
  • Wednesday, 20 November, 2024
२o८१ मङ्सिर ५ बुधबार १७:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानका भूकम्प प्रभावितलाई रोजगारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ५ बुधबार १७:o९:oo

सल्यान दार्माका भूकम्पपीडितलाई रोजगारी प्रदान गर्न थालिएको छ। भूकम्प प्रभावित परिवारलाई आयआर्जनमा सहयोग पुर्याउन कामका लागि नगद कार्यक्रमअन्तर्गत दार्माका ८३० जनालाई ४० दिनबराबरको रोजगारी दिइएको हो।

विश्व खाद्य कार्यक्रम र सप्रोक्स नेपालसँगको सहकार्यमा उक्त कार्यक्रम भइरहेको दार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले जानकारी दिए। उनका अनुुसार ५ वटा सिँचाइ, चार खानेपानी र तीन सडक स्तरोन्नतिको काम भइरहेको छ।

चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो त्रैमासिकमा वडा नं १ का १५, वडा नं २ का २५८, वडा नं ३ का १४८, वडा नं ४ का १५१, वडा नं ५ का १५९ र वडा नं ६ का ९१ जना लाभग्राहीले कामका आधारमा पारिश्रमिक पाउने प्रमुख प्रशासकीय अधिकृत ओलीले बताए। विभिन्न १२ योजनाका लागि झन्डै पाँच करोड ३० लाख रुपैयाँबराबरको बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ।

वडाबाट आएको सिफारिसका आधारमा पालिकाले बजेटको व्यवस्था गर्ने ओलीको भनाइ छ। उनका अनुसार भूकम्प प्रभावितहरूले चैतेखोला सिँचाइ कुलो दार्मा २, ढाराखोला डल्सिङ खानेपानी दार्मा २, घट्टेखोला सिँचाइ कुलो दार्मा २, सुनाराकुला दार्मा ३, ढारासिम नाउला सिँचाइ कुलो दार्मा ४, माटेखोला लगात खानेपानी योजना दार्मा ४, मालिका पर्यटकीय स्थल सडक निर्माण दार्मा ४, भक्कानेमल ढाकाडामकोट खानेपानी दार्मा ५, त्रिवेणी काफलनेथटा कृषि सडक स्तरोन्नती दार्मा ५ र फारुला-सांटा-झुल्नेटा सडक स्तरोन्नति योजना सञ्चालन गरिनेछ।

गत वर्षको कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट दार्मा गाउँपालिकामा मात्र चार हजार ८० घर प्रभावित भएका थिए।