१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २८ बुधबार
  • Thursday, 14 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २८ बुधबार १८:५३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

इन्डियन आयल कर्पोरेसनको अध्यक्षमा सहनी नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २८ बुधबार १८:५३:oo

भारतको सबैभन्दा ठुलो तेल कम्पनी इन्डियन आयल कर्पोरेसन (आइओसी)को नयाँ अध्यक्षमा अरबिन्दरसिंह सहनी नियुक्त भएका छन्।

५४ वर्षीय साहनी आइओसीको कार्यकारी निर्देशक (व्यवसाय विकास– पेट्रोकेमिकल्स) थिए। उनी अगस्टमा कम्पनीको व्यवसाय विकास निर्देशकका लागि छनोट भए पनि अहिले आइओसी अध्यक्षमा नियुक्त भएका हुन्।

‘मन्त्रिपरिषद्को नियुक्ति समिति (एसिसी)ले अरबिन्दरसिंह सहनी, कार्यकारी निर्देशक, आइओसीको अध्यक्ष पदमा नियुक्तिको लागि यस मन्त्रालयको प्रस्तावलाई अनुमोदन गरेको छ,’ पेट्रोलियम तथा प्राकृतिक मन्त्रालयले भनेको छ।

श्रीकान्तमाधव वैद्यले २०२४ अगस्ट ३१ मा आफ्नो कार्यकाल पूरा गरेपछि आइओसीको अध्यक्षको पद रिक्त थियो। त्यसपछि छोटो समयका लागि सतीशकुमार वाडुगुरी (निर्देशक, मार्केटिङ, आइओसी)ले अध्यक्षको अतिरिक्त कार्यभार सम्हालेका थिए।

बी अशोकपछि सहनी बोर्डको अनुभवविना नै कम्पनीको उच्च पदमा पुग्ने दोस्रो व्यक्ति हुनेछन्। जुलाई २०१४ मा आइओसी अध्यक्ष नियुक्त हुँदा अशोक पनि कार्यकारी निर्देशक (रिटेल) थिए।

सहनी खुला प्रतिस्पर्धाबाट अध्यक्ष नियुक्त भएका हुन्। नेपालले सबै पेट्रोलियम पदार्थ आइओसीबाटै आयात गर्दै आएको छ।