मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २७ मंगलबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २७ मंगलबार १२:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सवारी दुर्घटना न्यूनीकरण गरी सडक सुरक्षा कायम गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २७ मंगलबार १२:४o:oo

गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरण गरी सडक सुरक्षा कायम गर्न सक्रियताका साथ खटिन प्रहरीलाई निर्देशन दिएका छन् । 

सवारी दुर्घटनाका घटना बढ्दै गएका वेला गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई यात्रुवाहक सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्न नदिन, मालवाहक सवारीसाधनमा यात्रु बोक्न नदिनलगायत सवारी दुर्घटना न्यूनीकरणमा मुलुकभरमा प्रहरी युनिटलाई सक्रिय बनाउन निर्देशन दिएका हुन् । 

‘सडक सुरक्षा कायम प्रहरी प्रमुखमार्फत मुलुकभरका प्रहरी युनिटलाई परिचालन गर्न निर्देश गरेको छु,’ गृहमन्त्री लेखकले भने, ‘सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात व्यवसायी, यातायात मजदुर र सरोकारवाला निकायले पनि सजगता अपनाउनुपर्छ ।’