१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २१ बुधबार
  • Wednesday, 06 November, 2024
रासस चितवन
२o८१ कार्तिक २१ बुधबार १२:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष

Read Time : < 1 मिनेट
रासस, चितवन
नयाँ पत्रिका
२o८१ कार्तिक २१ बुधबार १२:१५:oo

भरतपुर महानगरपालिका– १ स्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा स्थानीय जातका गाईको संरक्षण गर्न रु. एक करोड एक लाखको अक्षय कोष स्थापना गरिएको छ।

केन्द्रका संयोजक नवराज ढकालका अनुसार ०३९ सालदेखि केन्द्रमा गाई संरक्षण थालिएको हो। योगी नरहरिनाथबाट गौ संरक्षण सुरु भएको भन्दै उनले त्यसलाई निरन्तरता दिइएको बताए।

अक्षय कोषका लागि रु. ११ हजार एक सयको आजीवन सदस्य र रु. एक लाख एक हजारको संरक्षक सदस्य बनाइएको छ। ४५ जना संरक्षक सदस्य र ३२५ जना आजीवन सदस्य छन्। ०७४ बाट कोष स्थापना गरी रकम संकलन गर्न थालिएको हो। कोषमा  रु. १० करोड जम्मा गर्ने लक्ष्य छ। यो तिहारमा रु. १८ लाखभन्दा बढी संकलन भएको उनले बताए।
 
गौ संरक्षण केन्द्रले २५० भन्दा बढी स्थानीय जातका गाई पालेको छ। ती गाई पाल्न कोष स्थापना गरिएको हो। केन्द्रका पूर्वसंयोजक टंकनाथ पौडेलले दीर्घकालसम्म गाईको संरक्षण गर्न सकियोस् भनेर कोषको अवधारणा ल्याइएको बताए।

दाताले पराल, चोकरलगायत सहयोग गर्दै आएका छन्। योगी नरहरिनाथले स्थानीय जातका श्री गाई लोप नहुन् भन्ने भावनाका साथ गाईको वंश संरक्षण गर्ने उद्देश्यले केन्द्र स्थापना गरेका हुन्। केन्द्रमा उत्पादित गोबर र गहुँत बिक्री पनि हुने गरेको छ।