१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २१ बुधबार
  • Wednesday, 06 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २१ बुधबार १३:२४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पूर्वभारतीय यू–१९ कप्तान उन्मुक्त लुम्बिनीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २१ बुधबार १३:२४:oo

भारतलाई यू–१९ विश्वकप जिताएका उन्मुक्त चन्द नेपाल प्रिमियर लिग (एनपिएल)का लागि लुम्बिनी लायन्समा अनुबन्धित भएका छन्।

उन्मुक्त चन्दले भारतलाई कप्तानको रूपमा २०१२ यू–१९ विश्वकप जिताएका थिए। उक्त फाइनल खेलमा उनले शतक प्रहार गरेर ऐतिहासिक जित दिलाएका थिए। उनले दिल्ली डेयरडेभिल्स र मुम्बई इन्डियन्सजस्ता ठुला फ्रेन्चाइजहरूका लागि आइपिएल खेल्दै आफ्नो ब्याटिङ कलाको प्रदर्शन गरेका छन्।

हाल अमेरिकाको मेजर लिग क्रिकेटमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। लुम्बिनी लायन्समा चन्दको आगमनले टोलीलाई उल्लेखनीय रूपमा बलियो बनाउने विश्वास छ।

उन्मुक्त चन्दले ६७ फर्स्ट क्लास खेलहरूमा ३३७९ रन बनाएका छन् जसमा उनको औसत ३१.५७ रहेको थियो। उक्त खेलहरूमा उनको आठ शतक पनि समावेश छ। साथै लिस्ट ए क्रिकेटमा उनले ४५०५ रन बनाएका छन् जसमा ४१.३३ को औसतका साथ सात शतकसमेत समावेश छन्। टी–२० मा पनि चन्दको कीर्तिमान प्रभावशाली छ जहाँ उनले ८४ खेलमा १५६५ रन बनाएका छन् भने ११६.०९ को उत्कृष्ट स्ट्राइक रेट रहेको छ।

नेपाल प्रिमियर लिग २०२४ आगामी मंसिर १५ देखि सुरु भई पुस ६ सम्म चल्नेछ।