मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १७ शनिबार
  • Friday, 03 January, 2025
२o८१ कार्तिक १७ शनिबार १३:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सडक सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन भौतिक पूर्वाधारमन्त्री दाहाल साउदीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १७ शनिबार १३:२७:oo

सडक सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल साउदी अरब पुगेका छन्। साउदी अरबको राजधानी रियादमा यही नोभेम्बर ३ र ४ मा हुन लागेको सडक सुरक्षाबारे अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलसहित साउदी अरब पुगेका छन्।

मन्त्री दाहाललाई साउदी अरबको भौतिक पूर्वाधार तथा रसद सेवा मन्त्रालयअन्तर्गत यातायात उपमन्त्री इन्जिनियर बदर अबदुल्लाह अलदुलामी र सडकमन्त्री इन्जिनियर अब्दुल्लाह बिन सुलेमान अबदुल्लाह अल सुलेमानीले स्वागत गरेका छन्। यस्तै, नेपाली दूतावासबाट प्रथम सचिव टोपनारायण गिरी र लेबर काउन्सिलर देवेन्द्र कार्कीले किंग खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। 

इन्टरनेसनल रोड फेडेरेसन, आइआरएफ ग्लोबल र साउदी अरेबियाको यातायात मन्त्रालयले आयोजना गरेको उक्त सम्मेलनमा विभिन्न राष्ट्रका प्रतिनिधि एवं विज्ञले सडक सुरक्षासम्बन्धी कार्यपत्र पेस गरी छलफल हुने कार्यक्रम छ। 

यातायात र रसद सेवा मन्त्रालय र सडक सामान्य प्राधिकरणको सहकार्यमा आयोजित सम्मेलन र प्रदर्शनीको नारा ‘सडक सुरक्षा र दिगोपन सम्मेलनः भोलिको लागि आविष्कार’ तय गरिएको छ। सम्मेलनमा विशेषज्ञ समूहगत छलफल र अन्तर्क्रियात्मक कार्यशालाहरू, विचार आदान-प्रदानलगायतका सत्र तय गरिएको छ। 

यस्तै, ‘सडक सुरक्षा र सडकको भविष्य’ विषयमा विस्तृत अन्वेषण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। सहभागीहरूले क्षेत्रीय रूपमा सडक सुरक्षा र दिगोपनको महत्त्व अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरू, अत्याधुनिक प्राविधिक विकासहरू र भविष्यमा यातायात रणनीतिहरू आकार दिन एआई र आइटिएस प्रणालीको रूपान्तरणकारी भूमिकामा केन्द्रित हुने आयोजकले जनाएको छ।

कतार एअरवेजबाट मन्त्री दाहालसँगै पत्नी दिलमाया कार्की, सल्लाहकार हर्कराज राई र सूचना प्रविधिविज्ञ मनोज दाहाल साउदी अरेबिया पुगेका हुन्।