मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १९ शुक्रबार
  • Sunday, 05 January, 2025
अमुल थापा काठमाडाैं
२o८१ पौष १९ शुक्रबार o६:५८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया प्रिन्ट संस्करण

नक्खु अझै उजाड (तस्बिरसहित)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष १९ शुक्रबार o६:५८:oo

११–१२ असोजको बाढीले तहसनहस बनाएको ललितपुरको नक्खु क्षेत्रमा तीन महिनापछि पुग्दा पनि उराठ देखिन्छ । नक्खु खोला करिडोर र आसपासको क्षेत्र बगरमा परिणत भएको छ । बाढीले भत्काएका घरटहराका भग्नावशेष बगरमै छन् ।

करिब चार किलोमिटर क्षेत्रमा बाढीले क्षति पुर्‍याएकोमा अहिलेसम्म पनि सरसफाइ गर्ने, फोहोरमैला उठाउने, करिडोर सडक सञ्चालनमा ल्याउने काम भएको छैन । यस क्षेत्रका अधिकांश घरमा बाढी पसेको थियो । स्थानीयले आफ्नो घर र वरपर सफा गरे पनि नदी क्षेत्र अस्तव्यस्त नै छ ।