मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १५ बिहीबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक १५ बिहीबार o७:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

तथ्य, प्रमाण भेटिए धनराज गुरुङमाथि पनि कारबाही हुन्छ : गृहमन्त्री लेखक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक १५ बिहीबार o७:२९:oo

गृहमन्त्री रमेश लेखकले तथ्य, प्रमाण भेटिए कांग्रेस उपसभापति धनराज गुरुङमाथि पनि कारबाही हुने बताएका छन् । ‘छानबिन गर्ने निकायले तथ्य प्रमाण भेटाए सरकारले यो, त्यो भनेर कसैको मुख हेर्दैन, तथ्य र प्रमाणका आधारमा दोषी देखिएका कसैलाई छोड्दैनौँ,’ बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले भने । 

पूर्वकानुनमन्त्री गुरुङ ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारीको १४ करोड ८१ लाख हिनाहिना प्रकरणमा जोडिएका व्यक्ति हुन् । गुरुङकी तत्कालीन पत्नी ज्योति मितेरीको व्यवस्थापक छँदा हिनामिना भए पनि ‘उन्मुक्ति पाउन कागजी सम्बन्धविच्छेद गरेको’ आरोप लाग्दै आएको छ । 

सहकारी ठगीमा जोडिएका कांग्रेस नेतामाथि कारबाही अघि नबढेको भन्दै प्रतिपक्षी दलहरूले आलोचना गरिरहेका वेला गृहमन्त्री लेखकले भने, ‘सरकारले गहन अनुसन्धान गर्छ, अनुसन्धान गर्दा तथ्य, प्रमाण भेटिनुपर्‍यो । अनुसन्धानपछि कसैको पनि मुख हेरिन्न, कारबाही तथ्य, प्रमाण हेरेर हुन्छ, यो त्यो हुँदैन । दोषी भेटिए गुरुङमाथि पनि कारबाही हुन्छ ।’ सहकारी अपचलनमा धेरैजनाको नाम जोडिएको बताउँदै गृहमन्त्री लेखकले कतिपय पक्राउ गरी अनुसन्धानमा रहेको र केहीको हकमा छानबिन भइरहेको बताए ।