१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २ शुक्रबार ११:o९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मञ्जुश्री फाइनान्स र बुद्ध एयरबिच छुट सम्झौता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार ११:o९:oo

मञ्जुश्री फाइनान्स र बुद्ध एयरबिच छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार फाइनान्सका ग्राहकले बुद्ध एयरको सम्बन्धित काउन्टरबाट टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट पाउनेछन् । 

यससम्बन्धी सम्झौतामा फाइनान्सका प्रमुख व्यापार अधिकृत गणेश खत्री तथा बुद्ध एयरका मार्केटिङ सेल्स डाइरेक्टर रूपेश जोशीले हस्ताक्षर गरेका छन् । छुट प्राप्त गर्न ग्राहकले फाइनान्सको मोबाइल बैंकिङ या डेबिट कार्डमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । 

२१ अर्ब निक्षेप संकलन गरी १७ अर्ब कर्जा प्रवाह गरेको फाइनान्सले देशभरका विभिन्न २७ वटा शाखामार्फत सेवा दिँदै आइरहेको जनाएको छ ।