मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३० बुधबार
  • Saturday, 21 December, 2024
२o८१ असोज ३० बुधबार o९:१o:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लगातार तेस्रोपटक फ्रान्स विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ३० बुधबार o९:१o:oo

फ्रान्सले युरोपियन नेसन्स लिगमा लगातार तेस्रो जित निकालेको छ । फ्रान्सले बेल्जियमलाई २–१ ले पराजित गरेको छ । बेल्जियमको घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन रान्डल कोलो मुअनीले दुई गोल गरेका थिए ।बेल्जियमका लागि लोइस ओपेन्डाले एक गोल फर्काए । खेलको २३औँ मिनेटमा टिएलेम्यान्सले पेनाल्टीमा गोल गर्न नसक्दा बेल्जियमले अग्रता बनाउने अवसर गुमाएको थियो । 

फ्रान्सले खेलको ३५औँ मिनेट मुअनीले पेनाल्टी गोलको सहयोगमा १–० को अग्रता लियो । बेल्जियमले पहिलो हाफको इन्जुरी समयमै बराबरी गोल फर्काउन सफल भयो । बेल्जियमका लागि ओपेन्डाले पेनाल्टीमा गोल गरे । खेलको ६२औँ मिनेटमा मुअनीले फ्रान्सलाई २–१ को अग्रता दिलाए । 

७६औँ फ्रान्स १० खेलाडीमा सीमित भएको थियो । बेल्जियमले त्यसको फाइदा उठाउन सकेन । प्रतिस्पर्धामा फ्रान्सका केलियन एम्बाप्पेले विश्राम पाएका थिए । अर्को खेलमा इटालीले इजरायललाई ४–१ ले हरायो । समूह ‘ए’को २ मा इटालीले ४ खेलबाट १० अंक जोडेको छ । इटाली शीर्ष स्थानमा छ । ९ अंकका साथ फ्रान्स दोस्रो स्थानमा छ । चार अंक जोडेको बेल्जियम तेस्रो स्थानमा र इजरायल अंकविहीन छ ।