मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २२ मंगलबार
  • Saturday, 21 December, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ असोज २२ मंगलबार o९:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक युवककाे मृत्यु

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ असोज २२ मंगलबार o९:२८:oo

जंगली हात्तीको आक्रमणमा परेर कञ्चनपुरमा फेरि एक युवकको मृत्यु भएको छ । १२ असोजमा हात्तीको आक्रमणबाट लालझाडी गाउँपालिका– ४ डाँगाजाईका ५० वर्षीय रामदल रानाको मृत्यु भएको १० दिनमै फेरि बेलौरीका युवकमाथि हात्तीले आक्रमण गरेको छ । गएराति हात्तीको बथानको आक्रमणमा परेर बेलौरी नगरपालिका– ६ ढक्का चाँदरका २२ वर्षीय युवक उमेश चौधरीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले हात्तीको आक्रमणमा परेर चौधरीको मृत्यु भएको बताए । प्रवक्ता जोशीका अनुसार उमेश चौधरीसहित गाउँकै दौँतरी रोशन चौधरी, नवीन चौधरी मैनाहमा दसैँको शुभकामना आदान–प्रदान कार्यक्रमबाट घर फर्किने क्रममा पुष्पलाल स्मृति सामुदायिक वनमा हात्तीको आवाज सुनेपछि भागेका थिए । उमेश चौधरी से.४प ८६१८नम्बरको मोटरसाइकल चालक थिए । ‘हिजो हराएका उमेशको आज बिहान जंगलमा शव फेला परेको छ,’ जोशीले भने, ‘शव भएको स्थानमा हात्तीको गोबरदेखि बोटबिरुवा किचोलेको छ, तैपनि घटनाबारे हामीले थप अनुसन्धान अघि बढाएका छौँ ।’ 

कञ्चनपुरमा पछिल्ला एक दशकयता हात्तीको आक्रमणमा परेर ज्यान गुमाउने मानिसको संख्या बढिरहेको छ । हालसम्म १३ जनाले ज्यान गुमाइसकेका छन् भने दर्जनौँ मानिस घाइते भएका छन् ।