१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १६ बुधबार
  • Sunday, 13 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १६ बुधबार १४:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको संसदीय सुनुवाइ जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १६ बुधबार १४:३१:oo

प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको संसदीय सुनुवाइ जारी छ। सिंहदबारस्थित समितिको कार्यालयमा प्रस्तावित प्रधानन्यायाधीशमा राउतको सुनुवाइ जारी छ  । 

संवैधानिक परिषद्को गत भदौ ३१ गत बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको यही असोज १९ गते पदावधि सकिँदै छ ।

न्यायपरिषद्ले रिक्त प्रधानन्यायाधीश पदमा वरिष्ठतम न्यायाधीशमध्येबाट नाम सिफारिस गरेर संवैधानिक परिषदमा पठाएको थियो । प्रधानन्यायाधीश राउतलाई संघीय  संसद्को संसदीय सुनुवाइ समितिमा सुनुवाइ भएर अनुमोदन गरेपछि राष्ट्रपति नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।