१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
२o८१ असोज १५ मंगलबार १४:१८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

खण्डहर बिपी राजमार्गमा जोखिमपूर्ण यात्रा (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार १४:१८:oo

अविरल वर्षाले बिपी राजमार्गमा ठुलो क्षति भएको छ । बिपी राजमार्गका सबै बाटाहरू खण्डहर  छन् । नवबुद्धबाट ओरालो लागेपछि सबै बाटाहरू अस्तव्यस्त बनेका छन् । नदीकिनार आसपासमा बसेका बस्तीहरू बगाएको छ।

काभ्रेकाे भञ्ज्याङदेखि भकुन्डेसम्म पहिरो खसेको छ । रुख लडेको छ । सोमबार डोजरको सहयोगले सडकमाथि थुप्रिएको माटो–ढुंगो पन्छाएर भकुन्डेबेँसीसम्म सडक खुलाइएको छ । तर, थुप्रै ठाउँमा सडक चिरा परेको छ भने पहिरो गएको ठाउँमा कुनै पनि वेला सडक भासिन सक्ने जोखिम छ । तर, मानिसहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बिपी राजमार्गमा देखिएका केही दृश्य :