१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ४ शुक्रबार १४:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार १४:१२:oo

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ। राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका अध्यक्ष बालानन्द पौडेलले आर्थिक वर्ष ०८०/८१ को आयोगको वार्षिक कामहरूको प्रतिवेदन पेस  गरेका छन् । 

सो अवसरमा राष्ट्रपति पौडेलले वित्तीय संघीयता कार्यान्वयनमा आयोगको भूमिका र दायित्व महत्त्वपूर्ण रहेको बताए ।

उनले वित्तीय संघीयताअन्तर्गत राजस्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान, आन्तरिक ऋणको सीमा, तीनै तहको सरकारको खर्च जिम्मेवारी पूरा गर्ने तथा राजस्व असुलीमा सुधार गर्नुपर्ने उपायहरूका सम्बन्धमा सिफारिस गर्नेलगायतका जिम्मेवारीअनुरूप आयोगले थप व्यवस्थित, सुदृढ र प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरे ।