१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Saturday, 12 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ३ बिहीबार १२:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार १२:२२:oo

प्रधानमन्त्री केपी ओलीले संविधान संशोधनको प्रक्रियामा सरकारमा रहेका दलको संसद्को गणितीय संख्यालाई मात्र नहेरी सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने प्रयास गरिने बताएका छन्।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ का अवसरमा मूल समारोह समितिले बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानलाई समयानुकूल बनाउँदै अमिल्दा विषय र राजनीतिक तहमा देखिएको अस्थिरताको केही हदसम्म सम्बोधन संविधान संशोधनले गर्ने विश्वास व्यक्त गरे।

संविधानमा लेखिएको कुरा व्यवहारमा लागू होस् भन्ने आमनागरिकको भावनालाई कदर गर्दै यस संविधानलाई जनसंविधानका रूपमा लिएर संविधान दिवसलाई औपचारिक मात्र नभई नागरिकस्तरमा भव्य रूपमा मनाउन पनि प्रधानमन्त्री ओलीले आग्रह गरे।

‘संविधानमा लेखिएका कतिपय अधिकारहरू नागरिकका जीवनमा अनुदित भएका छैनन्। संविधानलाई जीवनमय बनाउन राज्य र नागरिक दुवै पक्षको प्रयास जरुरी छ। संविधानलाई जीवनमय बनाउनेबाहेक यो सरकारसँग अरू कुनै मुद्दा छैन,’ उनले भने, ‘युवा पुस्तासँग भएको ऊर्जा, हुटहुटी र सपनाको सही उपयोग हुनुपर्छ। युवाहरूलाई म भन्न चाहान्छु, तपाईंहरूसँग केही गरौँ भन्ने आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला।’

प्रधानमन्त्री ओलीले समाजमा अनुशासन र सामाजिक व्यवस्था तथा मर्यादाको पालनाका लागि स्मरण गराउँदै भिडतन्त्र र अराजकता लोकतन्त्रअनुकूल हुन नसक्ने बताए।