Skip This
आजबाट चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ३ बिहीबार १o:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आजबाट चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार १o:३o:oo

संविधान दिवसको अवसर पारेर सरकारले चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ। बिहीबार दिउँसो १ बजे थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयपरिसर एक कार्यक्रम गरी सुपथ पसल सञ्चालनको सुरुवात हुँदै छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधान दिवसको अवसरमा सुपथ मूल्य पसल सञ्चालन गरेर जनतालाई चाडपर्वको समयमा मूल्यवृद्धिबाट राहत दिने योजना अघि सारिएको बताएका छन् ।

सामाजिक सञ्जालमा एक सन्देश प्रवाह गर्दै उद्योगमन्त्री भण्डारीले भनेका छन, ‘मन्त्रालयको तर्फबाट खाद्य कम्पनी र साल्ट ट्रेडिङ दुई संस्थानको आयोजनामा ४२ जिल्लाको ६१  स्थानमा संविधान दिनवसको अवसरमा आमजनतालाई सहज रूपमा अत्यावश्यक वस्तु उपलब्ध गराउन सुपथ मूल्यका पसलहरू सञ्चालन गर्न गइरहेका छौँ। सरकारको तर्फबाट उपलब्ध हुने यो राहतलाई सहज रूपमा लिनका लागि सुपथ मूल्य पसलबाट खाद्यान्न खरिद गर्न आग्रह गर्दछु ।’

खाद्य कम्पनी र  साल्ट ट्रेडिङले आ–आफ्ना बिक्री कक्ष भएका स्थानबाट बजार मूल्यभन्दा केही छुट रकममा खाद्यान्न बिक्री गर्ने योजना बनाएका छन् । विगतमा जस्तै १० रुपैयाँसम्म छुटको योजना राखिएको छ। चाडपर्वमा खाद्यान्न खरिदमा छुट उपलब्ध गराउन सरकारले दुई संस्थानलाई शोधभर्नाका लागि तीन करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।