Skip This
स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
२o८१ असोज ३ बिहीबार १o:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार १o:oo:oo

सिराहा प्रहरीले जिल्लाको दक्षिणी सीमावर्ती गोरगम्मा गाउँबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित बुधबार बिहान एक व्यक्तिलाई पक्राउ गरेको  छ । स्रोत नखुलेको १४ लाख रुपैयाँभन्दा बढी रकमसहित तीनजनालाई पक्राउ गरेको हप्ता दिन नबित्दै प्रहरीले बुधबार बिहान करिब साढे ९ बजेतिर सीमावर्ती बरियारपट्टि गाउँपालिका– १ गोरगम्मा सीमानाका हुँदै मोटरसाइकल चढेर नेपाल आउँदै गरेका बरियारपट्टि– २ खोक्सी गाउँका ४८ वर्षीय ललित दासलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार स.१०प ९८५३ नम्बरको मोटरसाइकल चढेर स्रोत नखुलेको रकमसहित आउँदै गरेको गोप्य सूचनाको आधारमा प्रहरी चौकी कचनारीबाट प्रहरी सहायक निरीक्षक वीरेन्द्र साहको कमान्डमा खटिएको प्रहरी टोलीले दासलाई पक्राउ गरेको हो । 

मोटरसाइकल चढेर नेपाल आउँदै गरेका दासलाई गोरगम्मा गाउँमा रोकेर चेकजाँच गर्दा कम्मरमा सेतो कपडाको गम्छामा लुकाएर ल्याउँदै गरेको एक हजार दरको १० लाख र पाँच सय रुपैयाँ दरको ६ लाख गरी १६ लाख रुपैयाँ बरामद भएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए । स्रोत नखुलेको रकमसहित पक्राउ गरिएका दासलाई महेशपुरपतारस्थित इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।