Skip This
परराष्ट्रमन्त्री र क्यानडा–नेपाल संसदीय समूहका पदाधिकारीबिच छलफल    
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ असोज ३ बिहीबार o९:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्री र क्यानडा–नेपाल संसदीय समूहका पदाधिकारीबिच छलफल    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार o९:२५:oo

क्यानडा भ्रमणमा रहेकी  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र क्यानडा–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीबिच भेटवार्ता भएको छ । समूहका अध्यक्ष तथा सांसद डा. सोनिया सिद्धुले परराष्ट्रमन्त्री डा. देउवालाई स्वागत गर्दै दुई देशका संसद् सदस्यहरूबिच अनुभव आदान–प्रदान हुनुपर्नेमा जोड दिइन् ।

ओटावास्थित नेपाली राजदूतावासका अनुसार क्यानडा–नेपाल संसदीय मैत्री समूह एक–अर्काको लोकतान्त्रिक प्रक्रियाबाट अनुभव आदान–प्रदान र सिक्ने एउटा महत्त्वपूर्ण मञ्चका रूपमा स्थापित भएको बताउँदै परराष्ट्रमन्त्री देउवाले दुई देशबिचको सम्बन्ध प्रवर्द्धनमा समूहले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा त्यसप्रति आभार व्यक्त गरिन्।

साथै उनले नेपालको संघीय संसदमा नेपाल–क्यानडा संसदीय मैत्री समूह गठनबारे जानकारी दिँदै यस्ता समूहबाट दुई देशका संसदबिच सहयोग आदान–प्रदान र सहकार्यलाई प्रवर्द्धन गर्न बल पुग्ने विश्वास व्यक्त गरिन् । अध्यक्ष सिद्धुले क्यानडा र नेपालका सांसदहरूबिचको सहकार्यले दुवै मुलुकका सांसदबिचको मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ बनाएको बताइन् ।

उनले लैंगिक समानता र महिला तथा बालिकाको सशक्तीकरणमा संसद् र स्थानीय सरकारमा नेपाली महिलाको बढी प्रतिनिधित्वका साथै सार्वजनिक जीवनमा उनीहरूले गरेको योगदानको प्रशंसा गरिन् ।

त्यस अवसरमा क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्याल र दूतावासका अन्य अधिकारीहरू उपस्थित थिए । बुधबार नै परराष्ट्रमन्त्रीले राजदूतावासको भ्रमण गरेर नियोगका गतिविधिबारे जानकारी लिएको दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।   रासस