Skip This
लुम्बिनीमा आठ महिनामा ६ लाख पर्यटक, तेस्रो मुलुकका ११२ प्रतिशतले वृद्धि
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
२o८१ असोज १ मंगलबार १५:o९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

लुम्बिनीमा आठ महिनामा ६ लाख पर्यटक, तेस्रो मुलुकका ११२ प्रतिशतले वृद्धि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार १५:o९:oo

संसारभरका बाैद्धधर्मावलम्बीहरूको आस्थाको थलो शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा आठ महिनामा ६ लाख १२ हजार ४७७  पर्यटक आएका छन्। सन् २०२४ को जनवरीदेखि अगस्टसम्म भारतका एक लाख ७१ हजार ६५१ पर्यटक लुम्बिनी आउँदा तेस्रो मुलुक (९२ देश)का  ५९ हजार ६६१ पर्यटक आएका छन्। लुम्बिनी विकास कोषका अनुसार तीन लाख ८१ हजार १६५ आन्तरिक पर्यटकले सो अवधिमा लुम्बिनी भ्रमण गरेका छन्।

त्यसमध्ये सबैभन्दा धेरै पर्यटक मे महिनामा आएका छन्। मेमा ८६ हजार ८६६ नेपाली, ४० हजार १० भारतीय र दुई हजार ९२७ तेस्रो मुलुकका गरी एक लाख २९ हजार ८०३ पर्यटक आएका हुन्। यसैगरी मार्चमा पनि एक लाखभन्दा बढी पर्यटक आएका छन्। मार्चमा नेपाली ६३ हजार ७८७, भारतीय ३० हजार ६७० र तेस्रो मुलुकका १८ हजार २६ गरी एक लाख १२ हजार ४८३ पर्यटक लुम्बिनी आएका तथ्यांक छ।

लुम्बिनीमा अप्रिल र फेब्रुवरीमा पनि अन्य महिनाका तुलनामा धेरै पर्यटक आएका छन्। अप्रिलमा ८९ हजार ५४९ र फेब्रुवरीमा ८५ हजार ६६७ पर्यटक आएका छन्।

श्रीलंका र थाइल्यान्डपछि चीनका पर्यटक धेरै
लुम्बिनीमा कुनै वर्ष ११६ वटा देशबाट पर्यटक आएका तथ्यांक छ। राहदानीवाहक अर्थात् भारतबाहेक अन्य मुलुकमध्ये यस आठ महिनाको अवधिमा सबैभन्दा धेरै पर्यटक श्रीलंकाबाट आएका छन्। दोस्राे नम्बरमा थाइल्यान्डका छन्। यस अवधिमा श्रीलंकाका १३ हजार ८९६ जना आउँदा थाइल्यान्डका १२ हजार ५३६ जना आएका छन्।

तेस्रो मुलुकमध्ये लुम्बिनीमा धेरै पर्यटक आउनेमा तेस्रो नम्बरमा चीन छ। यस अवधिमा चीनका ७ हजार ५७६ जना आएका छन्। पछिल्ला वर्षहरूमा चिनियाँहरु लुम्बिनीप्रति आकर्षित भएको देखिए पनि जनसंख्या तथा नजिकको छिमेकीका हिसाबले चिनियाँ पर्यटकको संख्या अझ धेरै बढाउनुपर्नेमा पर्यटन व्यवसायीहरूको जोड छ।

लुम्बिनीमा गत वर्षको सोही अवधि अर्थात् सन् २०२३ को जनवरीदेखि अगस्टसम्मको तुलनामा यस वर्षको जनवरीदेखि अगस्टसम्म पर्यटन आगमन बढ्दो छ। यस अवधिमा नेपाली पर्यटकको संख्या केही घट्दो भए पनि समग्रमा पर्यटकको चहलपहल बढ्दो छ। लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष ६ प्रतिशत बढी रहेको बताउँछन्। गत वर्ष नेपाली तीन लाख ९७ हजार ६४२ रहेकोमा यस वर्ष ४.१४ प्रतिशतले कम छन्। यस वर्ष आठ महिनामा तीन लाख ८१ हजार १६५ आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्।

त्यस्तै, गत वर्ष आठ महिनामा एक लाख ५१ हजार भारतीय लुम्बिनी आएकोमा यस वर्षको सोही अवधिमा एक लाख ७१ हजार आएका छन्। यो १२ प्रतिशतभन्दा बढीको वृद्धि हो। यस अवधिमा तेस्रो मुलुकबाट ५९ हजार ६६१ पर्यटक आएका छन्। यो गत वर्षको तुलनामा ११२.९२ प्रतिशतले बढेको डा. राईले जानकारी दिए। गत वर्षको आठ महिनाको अवधिमा लुम्बिनीमा तेस्रो मुलुकका जम्मा २८ हजार पर्यटक आएका थिए।

आन्तरिक पर्यटक घट्नुकाे मुख्य कारण सडक
नेपाली पर्यटकको संख्यामा कमी आउनुमा मुख्य कारणका रूपमा बुटवल–नारायणगढ सडक रहेको छ। त्यस्तै, अन्य राजमार्गको अवस्थालाई पनि कारक मानिएको छ। निर्माणाधीन सडक अस्तव्यस्त हुनु तथा अन्य सडक पनि राम्रो नहुँदा यसपटक पर्यटक घटेको पर्यटन क्षेत्रका जानकारहरूको विश्लेषण छ। शिथिल अर्थतन्त्रको प्रभाव पनि पर्यटन क्षेत्रमा परेको छ। कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. राई सडकका कारण पूर्वका पर्यटक आवागमन कम भएको र अर्थतन्त्रमा पनि प्रभाव पारेको बताउँछन्।