१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २३ आइतबार २१:४७:oo
Read Time : < 1 मिनेट
खेलकुद

टाइम्स ‘ए’ र रिभोल्ट ‘ए’लाई थ्री एक्स थ्री बास्केटबलको उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २३ आइतबार २१:४७:oo

टाइम्स ‘ए’ र रिभोल्ट ‘ए’ले थ्री एक्स थ्री बास्केटबलको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्ड हलमा आइतबार सम्पन्न पुरुषतर्फको फाइनलमा टाइम्स ‘ए’ले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई २१–१७ ले हराउँदै च्याम्पियन बनेको हो। यस्तै, महिलातर्फ रिभोल्ट ‘ए’ले हाउन्ड्सलाई ११–९ ले हरायो।

श्री एयर लाइन्सको आयोजना र नेपाल बास्केट बल संघको सहयोगमा राष्ट्रिय महिला बास्केटबल टिमले व्यवस्थापन गरेको प्रतियोगिता कर्पोरेटतर्फ इजी सर्भिसले जित्यो। फाइनलम इजी सर्भिसले बिएस धौलागिरिलाई १४–११ ले हरायो। पुरुषतर्फ श्रेयांशबहादुर शाह तथा महिलातर्फ छिरिङ चोकी शेर्पा मोस्ट भ्यालुएबल प्लेयर घोषित भए। कर्पोरेटतर्फ प्रवीण गुरागाई‌ं मोस्ट भ्यालुएबल प्लेअर बने।

दुईदिने प्रतियोगितामा पुरुषतर्फ १४, महिलातर्फ ८ र कर्पोरेटतर्फ ८ टिमको सहभागिता थियो। विजेता खेलाडीहरूलाई नाइन सेभेन सेभेनले ५० हजार, पोसिलो फुड्सबाट ६ हजार र ग्लामोर हेयरको तर्फबाट १० हजारबराबरको गिफ्ट ह्याम्फर प्रदान गरिएको थियो।