१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १३ बिहीबार
  • Sunday, 29 September, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ भदौ १३ बिहीबार o६:२९:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कर्मचारीको मिलेमतोमा विद्यालयको २१ रोपनी चार आना हदबन्दीको जग्गा बिक्री 

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ १३ बिहीबार o६:२९:oo

हदबन्दीका कारण रोक्का रहेको विद्यालयको २१ रोपनीभन्दा धेरै जग्गा मालपोतका कर्मचारीको मिलेमतोमा बिक्री भएको छ । काठमाडौंको हात्तीगौँडास्थित ट्रुङ्गरम इन्टरनेसनल एकेडेमीको नाममा ललितपुरमा रहेको जग्गा गैरकानुनी रूपमा बिक्री भएको हो । 

विद्यालयको नाममा ललितपुर र भक्तपुरमा करिब सय रोपनी जग्गा रहेकोमा त्यो हदबन्दीभन्दा धेरै रहेकाले रोक्कामा थियो । तर, मालपोत कार्यालय, ललितपुरका कर्मचारीको मिलेमतोमा रोक्का नरहेको देखाएर २१ रोपनीभन्दा धेरै गैरकानुनी रूपमा बिक्री भएको छ । यस सम्बन्धमा हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टाछुट्टै छानबिन गरिरहेका छन् । 

भूमि व्यवस्था विभाग स्रोतका अनुसार सो स्कुलले बिक्री गरेको जग्गा हाल विभिन्न चार कम्पनीको नाममा छ । ध्यान भिल्ला, शिला डेभलपर्स, मुदिता डेभलपर्स र प्रज्ञा रिसोर्टका नाममा जग्गा बिक्री गरिएको छ । ती कम्पनीहरू विद्यालयका प्रमुख सञ्चालक ट्रुङ्गरम ग्याल्टुङ रिम्पोचे शेर्पानिकटस्थ व्यक्तिहरू रहेको स्रोत बताउँछ । उनले हदबन्दीभन्दा धेरै जग्गा बेच्नकै लागि यसरी मालपोत कार्यालयलाई प्रभावमा पारी आफ्ना निकटस्थ कम्पनीहरूलाई बिक्री गरेका हुन् । 

प्रारम्भिक छानबिनमा २१ रोपनी चार आना जग्गा बिक्री भएको पुष्टि भइसकेको छ । ललितपुरको लामाटारमा रहेको जग्गा ६ पुस ०७९ मा बिक्री भएको हो । विद्यालयले शिला डेभलपर्स कम्पनीलाई १४ रोपनी १३ आना तीन पैसा तीन दाम र ध्यान भिल्लालाई ६ रोपनी सात आना दुई पैसा जग्गा बिक्री गरेको थियो । सो जग्गा खरिद–बिक्रीमा विद्यालयका कर्मचारी अशोककुमार श्रेष्ठ ट्रुङ्गरम एकेडेमीबाट र भरतकुमार चौलागाईं शिला डेभलपर्स र ध्यान भिल्लाको तर्फबाट प्रतिनिधिका रूपमा उपस्थित भएको मालपोतको विवरण छ । अशोक सो विद्यालयका लेखापाल हुन् । एकै मितिमा दुवै कम्पनीलाई जग्गा बिक्री गरिनुले पनि यो प्रकरण थप शंकास्पद देखिन्छ । तर्फबाट प्रतिनिधिका रूपमा उपस्थित भएको मालपोतको विवरण छ । अशोक सो विद्यालयका लेखापाल हुन् । सोही मितिमा ध्यान भिल्लालाई थप जग्गा बिक्री गरिएको थियो । ६ रोपनी सात आना दुई पैसा जग्गा ध्यान भिल्लालाई बिक्री गरिएको थियो । जग्गा किन्ने दुवै कम्पनीबाट एकै व्यक्ति चौलागाईं प्रतिनिधिका रूपमा खटिएका थिए । 

त्यस्तै, प्रजिना रिसोर्ट र प्रज्ञा रिसोर्टका नाममा पनि विद्यालयको जग्गा बिक्री भएका विवरणहरू फेला परेको र त्यस सम्बन्धमा छानबिन भइरहेको स्रोत बताउँछ । हदबन्दीभन्दा धेरै जग्गा बिक्री भएको खुलेपछि हाल मालपोत कार्यालयले ती सबै जग्गा रोक्का राखेको छ । 

भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक रोशनशंकर घिमिरेले अनलाइन सिष्टममा जग्गा रोक्का नदेखिएकाले सो विद्यालयको नाममा रहेको हदबन्दीभन्दा धेरै जग्गा बिक्री भएको बताए । ‘यस विषयमा हामीले भन्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विस्तृत छानबिन भइरहेको छ,’ उनले भने, ‘हामीले आवश्यक कागजपत्र आयोगलाई पठाएका छौँ ।’ 

विद्यालयका प्रिन्सिपल उत्तम थापाले विद्यालयको जग्गा खरिद–बिक्रीबारे सञ्चालकलाई मात्र जानकारी हुने बताए । ‘सञ्चालकहरू विदेशमा हुनुहुन्छ, जग्गासम्बन्धी विवरण हामीलाई जानकारी छैन,’ उनले भने । सो विद्यालयका सञ्चालकहरूमा ट्रुङ्गरम ग्याल्टुङ रिम्पोचे शेर्पासहित उनका भाइहरू कर्मा सोनाम वाङ्दी शेर्पा र ठेलकार रिन्पोछे शेर्पा छन् । सो विद्यालय रहेको हात्तीगौँडास्थित जग्गा भने ट्रुङ्गरमको व्यक्तिगत नाममा छ । 

विद्यालयको भक्तपुर र ललितपुरमा एक सय ३० रोपनी जग्गा रहेकामा ०७४ मा सरकारकै अनुमतिमा ३० रोपनी बिक्री गरिएको थियो । भूमिसम्बन्धी ऐनअनुसार उपत्यकामा ३० रोपनीसम्म जग्गामा हदबन्दी लाग्दैन । सोही व्याख्या गरी त्यति वेला मन्त्रालयले  विद्यालयलाई जग्गा बेच्न अनुमति दिएको थियो । 

विद्यालय सञ्चालक समितिको २५ पुस ०७४ को निर्णयअनुसार भक्तपुरमा २८ रोपनी १५ आना १ पैसा एक दाम जग्गा बिक्री गर्ने निर्णय गरेको थियो । सोहीअनुसार भक्तपुरको दधिकोटमा रहेको जग्गा बिरुना ल्यान्ड डेभलपर्सलाई बिक्री गरियो । त्यो जग्गा बिक्री गर्दा पनि भूमि व्यवस्था मन्त्रालयकै सहमति लिइएको मालपोत कार्यालयको विवरण छ । २० पुस ०७४ मा मन्त्रालयले ३० रोपनी जग्गा बिक्री गर्न दिन र बाँकी जग्गा रोक्का राख्न भूमिसुधार तथा व्यवस्थापन विभागलाई पत्राचार गरेको थियो । त्यसअनुसार ललितपुरको जग्गा रोक्का हुनुपर्नेमा कर्मचारीले रोक्का नरहेको भन्दै बिक्री गरेका हुन् । कर्मचारीले अनलाइन सिस्टममा रोक्का नदेखिएको भनेर प्राविधिक समस्या देखाए पनि विभागको समेत मिलेमतोमा हदबन्दीभन्दा धेरै जग्गा बिक्री भएको प्रारम्भिक छानबिनले देखाएको छ । जब कि हदरबन्दीभन्दा धेरै जग्गा विद्यालयले खरिद गरेकाले सुरुदेखि नै त्यो रोक्का रहँदै आएको थियो ।  

भूमिसम्बन्धी ऐन, २०२१ अनुसार काठमाडौं उपत्यकामा २५ रोपनी जग्गा र थप पाँच रोपनी घरबारी मात्र राख्न पाइन्छ । तर, कम्पनी तथा संस्थाहरूले नेपाल सरकारको स्वीकृति लिई राख्न पाउने र उद्देश्यअनुसार प्रयोग गर्नुपर्ने ऐनको दफा १२ मा उल्लेख छ । सोही दफाअनुसार विद्यालयको पूर्वाधार बनाउन भनेर हदबन्दीभन्दा धेरै जग्गा ०५२ मै खरिद भएको देखिन्छ । तर, ती जग्गा विद्यालयको काममा प्रयोग भएको देखिँदैन । 

जग्गा खरिद गर्ने दुई कम्पनीबाट एउटै व्यक्तिको प्रतिनिधित्व

प्रारम्भिक छानबिनमा २१ रोपनी चार आना जग्गा बिक्री भएको पुष्टि भइसकेको छ । ललितपुरको लामाटारमा रहेको जग्गा ६ पुस ०७९ मा बिक्री भएको हो । विद्यालयले शिला डेभलपर्स कम्पनीलाई १४ रोपनी १३ आना तीन पैसा तीन दाम र ध्यान भिल्लालाई ६ रोपनी सात आना दुई पैसा जग्गा बिक्री गरेको थियो । सो जग्गा खरिद–बिक्रीमा विद्यालयका कर्मचारी अशोककुमार श्रेष्ठ ट्रुङ्गरम एकेडेमीबाट र भरतकुमार चौलागाईं शिला डेभलपर्स र ध्यान भिल्लाको तर्फबाट प्रतिनिधिका रूपमा उपस्थित भएको मालपोतको विवरण छ । अशोक सो विद्यालयका लेखापाल हुन् । एकै मितिमा दुवै कम्पनीलाई जग्गा बिक्री गरिनुले पनि यो प्रकरण थप शंकास्पद देखिन्छ ।