मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ३१ बिहीबार
  • Wednesday, 18 December, 2024
२o८१ श्रावण ३१ बिहीबार १o:२२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृहकार्य गरेको कापी लिन घर फर्किँदा बालिका बलात्कृत भएपछि...

बलात्कार आरोपमा दुईजना पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण ३१ बिहीबार १o:२२:oo

बाराबाट बालिका बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । मंगलबार दिउँसो करिब १२:३० मा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा निजगढ नगरपालिका– ४ बस्ने ३३ वर्षीय संजाेग खतिवडा र निजगढ– ५ बस्ने २७ वर्षीय दिनेश चौलागाईं रहेका छन् । 

निजगढ नगरपालिका– ५ स्थित श्री जनजागृति आधारभूत विद्यालयबाट बालिका घर जाने क्रममा उनीहरूले जबर्जस्ती करणी गरेको भन्ने ‘जिल्ला ३३ ८१ र ८२ ख’ को उजुरीका आधारमा इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले दुवैजनालाई पक्राउ गरेको हो । प्रहरीले खतिवडालाई मंगलबार राति ११ बजे साथीको घरबाट र चौलागाईंलाई बुधबार घरनजिकैबाट पक्राउ गरेको हो ।

बालिकाले पक्राउ गरेकाहरूको सनाखतसमेत गरिसकेकी छिन् । पक्राउ परेकामध्ये खतिवडा केही समय अगाडि मात्र लागुऔषध मुद्दामा सजाय भुक्तान गरी जेलबाट छुटेको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला अदालत बाराबाट सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 

गृहकार्य गरेको कापी लिन घर फर्किँदा भयो घटना
निजगढ नगरपालिका– ५ स्थित श्री जनजागृति आधारभूत विद्यालयमा अध्ययन गर्न गएकी ‘जिल्ला ३३ ८१ र ८२ ख’ बालिकाले शिक्षक पुजनीय खड्काले दिएको गृहकार्य गरेको कापी भूलवश घरमा छुटेको शिक्षकलाई बताएपछि शिक्षक खड्काले उनलाई गृहकार्य गरेको कापी लिन करिब १२:१५ मा घर पठाएका थिए ।

शिक्षक खड्काले बालिकालाई गृहकार्य गरेको कापी लिन घर पठाएको थाहा भएपछि शिक्षिका बिन्दा सन्जेलले विद्यालयका प्रधानाध्यापक शिवप्रसाद नेपालको साइकल दिएर घर पठाएकी थिइन् । उनले भनिन, ‘मैले रोक्न प्रयास गरेँ, तर उनले मानिनन् । खड्का सरले गृहकार्य गरेको कापी लिन घर पठाएका कारण उनी स्कुलको सिँढीमुनि रहेको साइकल निकाल्न थाल्दै थिइन् । धेरै साइकल भएको कारण मैले नै प्रधानाध्यापकको साइकल दिएर घर पठाएको थिएँ, तर केही बेरमै यस्तो घटना हुन पुग्यो ।’ 

उनले त्यही गृहकार्यको कापी लिन घर जाने क्रममा दुईजना पुरुषले बलात्कार गरेकाे घटना परिवारसँग बताएपछि घटना बाहिरिएको हो । मंगलबार विद्यालयबाट घर जाने क्रममा मोटरसाइकलमा आएका दुईजना नचिनेका मानिसले केही पैसा र मिठाई दिएर आफूमाथि जबर्जस्ती करणी गरेको बालिकाले अभिभावक र आफन्तलाई बताएकी थिइन् । घटना थाहा पाएलगत्तै अभिभावक र आफन्त प्रहरीकोमा पुगेका थिए ।

घटनाको जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले निजगढस्थित सामुदायिक अस्पतालमा बालिकाको शारीरिक परीक्षण गर्दा उनीमाथि बलात्कार पुष्टि भएको अस्पतालका चिकित्सकहरूले जानकारी दिएको बताए ।

उनले भने, ‘घटनाको जानकारी दिन ‘जिल्ला ३३ ८१ र ८२ ख’ परिवारसँग प्रहरी कार्यालयमा आएकी थिइन् । उनको तत्काल स्थानीय अस्पतालमा शारीरिक परीक्षण गरी थप परीक्षणका लागि बालिकालाई प्रादेशिक अस्पताल कलैयामा पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

विद्यार्थीलाई सुरक्षित गर्न विद्यालयको अनुरोध
विद्यालयले आज एक सूचना जारी गरी अभिभावकलाई आफ्ना नानीबाबुहरूलाई १० बजेभित्र विद्यालयमा प्रवेश गराउन र कक्षा नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीलाई ३:२० देखि ३:३० भित्र लिन आउन आग्रह गरेको छ । साथै विद्यालयले विद्यालय समयमा गेट बन्द रहने जनाएको छ ।