मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण २९ मंगलबार
  • Wednesday, 15 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ श्रावण २९ मंगलबार १o:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ओलीलाई देउवासँगको सहकार्य प्रचण्डसँग भन्दा ‘कम्फर्टेबल’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण २९ मंगलबार १o:oo:oo

प्रधानमन्त्री केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँगको सहकार्य प्रचण्डसँग भन्दा ‘कम्फर्टेबल’ महसुस गरेको बताएका छन् । ‘म तेस्रोपटक प्रधानमन्त्री बनेको छु, कांग्रेससँगको सहकार्यमा यसपटक प्रधानमन्त्री बन्दा धेरै कम्फरटेबल महसुस गरेको छु,’ प्रधानमन्त्री ओलीले एमाले पदाधिकारीसँग पछिल्लो बैठकमा भनेका थिए, ‘त्यसैले राम्रो परिणाम दिन सकिन्छ भन्ने आत्मविश्वास जागेको छ ।’

ओलीले कांग्रेससँग सहकार्य गर्न सहज बनेको र सभापति देउवासँग पनि राम्रो समन्वय र परामर्श भइरहेको अनुभूति सुनाएका थिए । ‘पहिले निर्णय गर्न अप्ठ्यारो हुन्थ्यो, प्रचण्डको कुनै भर पनि थिएन, तर अहिले त्यस्तो अवस्था छैन । देउवाजीसँग राम्रो समन्वय भइरहेको छ, उहाँ सहज पनि हुनुहुन्छ, त्यसैले कुनै पनि काम गर्न समस्या देखिएको छैन,’ ओलीको भनाइ थियो । 

देउवालाई आश्वस्त पार्ने प्रयास 
प्रधानमन्त्री ओलीले सातबुँदे सहमतिअनुसार सरकारमा आलोपालो नेतृत्व हुने विषयलाई आश्वस्त पारेर अगाडि बढ्ने प्रयास गरेका छन् । प्रचण्डभन्दा देउवा तुलनात्मक रूपमा सहमतिमा प्रतिबद्ध र इमानदार रहेकाले पनि प्रधानमन्त्री ओलीले विश्वासमा लिएर सरकार सञ्चालन गर्न खोजिरहेको उनीनिकट एक नेताले बताए । त्यही नीतिअनुसार अहिलेको समीकरणले पूर्ण कार्यकाल चलाउने र आलोपालो सहमतिअनुसार दुई वर्ष पूरा हुने एक साताअगावै प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा ओलीले गरेका थिए । 

प्रधानमन्त्री ओलीले १५ साउनमा मन्त्रीहरूलाई राखेर सचिवहरू र राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिँदै कार्यकालबारे बताएका थिए । ‘ढुक्कसँग काम गर्नुस् । यो सरकार स्थायित्वको कार्यभार लिएर आएको छ । सरकार ढल्छ कि भनेर सोच्नुपर्दैन । सरकार सुशासन र विकासका लागि नै बनेको हो,’ उनले भनेका थिए, ‘मेरो नेतृत्वको सरकार दुई वर्ष चल्ने हो । दुई वर्ष पुग्नुभन्दा एक साताअघि नै राजीनामा दिन्छु ।’