नेपाल काभा बिच भलिबलको फाइनलमा

शनिबार, १९ साउन, २०८१
डिजिटल संस्करण

नेपालको महिला राष्ट्रिय बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ। कमला पुन र मनीषा चौधरीको जोडीले फाइनलको यात्रा तय गरेको हो। 

भुटानको राजधानी थिम्पुमा आज भएको सेमिफाइनल खेलमा पुन र चौधरीको जोडीले उज्वेकिस्तानका खेलाडीलाई २–० सोझो सेटमा पराजित गरेको हो। नेपालले उज्वेकिस्तानलाई २१–१३ र  २१–१२ अंकले हराएको हो। 

यस्तै, पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले आजै माल्दिभ्ससँग सेमिफाइनल खेल खेल्दै छ। उक्त प्रतियोगितामा पुरुषतर्फ १० तथा महिलातर्फ सात टोली सहभागी छन्। 

See More On

सुझावित समाचार