सरकारले साउन २० गते काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा उपत्यकाका तीन जिल्लामा आइतबार सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ।
आइतबार ललितपुरमा रातो मत्स्येन्द्रनाथको भोटो जात्रा देखाइनेछ । जात्रा देखाइसकेपछि मत्स्येन्द्रनाथलाई रथबाट ओराली खटमा राखी बाजागाजासहित बुङमति पुर्याइन्छ । परम्पराअनुसार रातो मस्त्येन्द्रनाथलाई सूर्य दक्षिणायण हुँदा ६ महिना बुङमती र उत्तरायण हुँदा ६ महिना पाटनमा राख्ने चलन छ ।