१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३१ सोमबार
  • Wednesday, 18 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ३१ सोमबार १५:२७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम झन्डै पौने ९ अर्ब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ३१ सोमबार १५:२७:oo

चालू आर्थिक वर्षको अन्तिम दिन सेयर बजार दोहोरो अंकले घटेको छ। आइतबार ५७ अंकले बढेको नेप्से परिसूचक सोमबार १७.१८ अंकले घटेर दुई हजार दुई सय ४०.४१ विन्दुमा कायम भएको छ। 

आज कारोबार रकमसमेत बढेको छ। आज ३२२ कम्पनीका दुई करोड ५० लााख ७९ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा आठ अर्ब ७३ करोड १४ लाख ३६ हजार रुपैयाँबराबरको कारोबार भएको छ। आइतबार सात अर्ब ६२ करोड चार लाख ९८ हजार रुपैयाँको कारोबार भएको थियो।

यसदिन जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन र म्युचल फन्ड ०.७३, १.७०, ०.१२ र १.६७ प्रतिशतले बढ्दा बाँकी समूहको सूचक घटेका छन्। घटेकामध्ये फाइनान्स, निर्जीवन बिमा र व्यापार समूह एक प्रतिशतभन्दा कमले ओरालो लाग्दा बाँकी समूह एक प्रतिशतभन्दा धेरैले घटेका छन्।

५६ कम्पनीको सेयर मूल्य बढ्दा दुईवटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। सिभिल बैंक डिबेन्चर २०८८ र मान्डु हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो। यसैगरी, जानकी फाइनान्सको मूल्यमा नकारात्मक सर्किट लगेको छ भने एनआइसी एसिया डिबेन्चर २०८५/८६ झन्डै सात प्रतिशतले घटेको छ।