मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २७ बिहीबार
  • Tuesday, 14 January, 2025
गणेश लम्साल विराटनगर
२o८१ असार २७ बिहीबार १३:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोरङमा कुखुरा व्यवसायीको रहस्यमय हत्या 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ असार २७ बिहीबार १३:५३:oo

मोरङको सुन्दरहरैँचामा एकजना कुखुरा व्यवसायीको रहस्यमय हत्या भएको छ।  सुन्दरहरैँचा नगरपालिका– ९ का कुखुरा व्यवसायी ४९ वर्षीय सहदेव बजगाईंको बीभत्स रूपमा रहस्यमय हत्या भएको हो। 

घरनजिकै कुखुरा फर्म सञ्चालन गर्दै आएका बजगाईंको बिहीबार बिहान कुखुरा फर्मभित्र बीभत्स रूपले हत्या गरिएको शव फेला परेको थियो। मोरङका प्रहरी प्रवक्ता ज्ञानेन्द्र बस्नेतका अनुसार हत्या गरिएका बजगाईंको टाउको बीभत्स रूपले क्षति भएको छ भने शरीरका विभिन्न भागमा धारिलो हतियारले काटेको गहिरो चोट रहेको छ। 

प्रहरीले घटनास्थलबाट रगत लतपतिएको बन्चरो र दाउरा बरामद गरेको छ । कुखुरा फर्ममा एकजना व्यक्त्तिले मात्र काम गर्दै आएका थिए। उनी फरार भएकाले हत्यामा उनकै संग्लनता हुने आशंका भएकोले प्रहरीले खोजी तीव्र बनाएको डिएसपी बस्नेतले बताए। घटना रहस्यमय भएकाले गहन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।