
चितवनस्थित आरम्भ कलेजमा ‘आरम्भ इनोभेसन हब’को उद्घाटन गरिएको छ । जापानी कम्पनी फोर्थ भ्याली कन्सियर्स र नेपाली संस्था आइडिया स्टुडियो, लिड एक्स नेपालको सहयोगमा सेफ सन्तोष शाह र आइडिया स्टुडियोका संस्थापक डा. छिरिङ लामाले इनोभेसन हबको उद्घाटन गरेका हुन् ।
कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले उल्लिखित कम्पनीसँगकोे सहकार्यमा आरम्भ इनोभेसन हबमा विद्यार्थीको नवीन सोचलाई आकार दिने काम हुने बताए । ‘इनोभेसन हबले स्टार्टअप कल्चर, उद्यमशीलताको विकास र विद्यार्थीको व्यक्तिगत विकासमा सहयोग गर्छ,’ शिवाकोटीले भने, ‘पहिलो वर्ष १०, दोस्रो वर्ष २०, तेस्रो वर्ष ३० र चौथो वर्ष ५० जना विद्यार्थीले आफ्नै व्यवसायको विकास, कम्पनीको विकास गरी त्यसको प्रमुख भएर काम गर्ने वातावरण बनाउने उद्देश्य लिएका छौँ ।’
सेफ शाहले आरम्भ कलेजका विद्यार्थीसँग अन्तक्र्रियासमेत गरेका छन् । उनले हस्पिटालिटी र उद्यमशीलतामा जोड दिँदै विद्यार्थीसँग अन्तक्र्रिया गरेका हुन् । अन्तक्र्रियामा कलेजमा बिएचएम र बिआइएममा अध्ययनरत विद्यार्थी सहभागी थिए ।