१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ असार १९ बुधबार o८:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

सेयर बजारमा राजनीतिक परिवर्तनको तरंग, एकै दिन दुईपटक सर्किट ब्रेक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार o८:२७:oo

मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा राजनीतिक परिवर्तनको तरंग देखापरेको छ । नेप्से परिसूचकमा दुईपटक सकारात्मक सर्किट ब्रेक लागेको छ । कारोबार खुलेको पहिलो २० मिनेटमै परिसूचक ४ प्रतिशत विन्दुले बढेपछि कारोबार स्थगित गरिएको थियो । नेप्सेको नियमअनुसार दोस्रोपटक कारोबार सुरु भएको एक मिनेटमै परिसूचक थप १ प्रतिशत विन्दुले बढेर ५ प्रतिशत पुगेपछि कारोबार अर्को ४० मिनेट बन्द भएको थियो । अन्तरदिवसीय कारोबारमा परिसूचक अधिकतम २१६२.४९ विन्दुसम्म पुगेको थियो ।

एकै दिनमा दुईपटक सकारात्मक सर्किट ब्रेक भोगेको बजारले अन्तिम समयसम्म भने एकनासको लय समातेको थियो । समग्रमा नेप्से परिसूचक ४७.०४ अंकले बढेर दुई हजार एक सय दशमलव ४३ विन्दुमा रोकिएको थियो ।   

आर्थिक शिथिलतासँगै लामो समय राजनीतिक अन्योलतामा ‘पर्ख र हेर’को अवस्थामा रहेका सेयर कारोबारीलाई सोमबार मध्यरातको राजनीतिक हलचलले उत्साहित बनाएको हो । 

गएराति प्रमुख राजनीतिक दल कांग्रेस र एमालेबीच सत्ता सहकार्यको समझदारी भएको थियो । ठूलो राजनीतिक परिवर्तनको संकेत पाएपछि सेयर कारोबारीले सट्टेबजारमा लगानी गरेर नाफा आर्जन गर्ने आकांक्षा बढाएपछि नेप्से परिसूचक उकालो लागेको हो । 

ठूला राजनीतिक घटनाक्रममा सेयर बजारले अस्वाभाविक प्रवृत्ति देखाउने गरेको छ । संसारभर नै मुख्य राजनीतिक घटनाक्रम (सत्तापलट, निर्वाचन, नीति घोषणालगायत)मा सेयर बजारले यस्तो स्वभाव देखाउने गरेको छ । सकारात्मक घटनाक्रमले लगानीकर्ताको विश्वास बढाउने भएकाले सेयर बजारजस्तो सेन्टिमेन्टल बजार सुरुमै प्रभावित हुने गरेको छ । राजनीतिक अस्थिरता, आर्थिक मन्दीजस्ता नकारात्मक घटनाक्रमले लगानीकर्ताको विश्वास गुम्ने गुम्ने डरले सेयर बिक्रीमा चाप पर्ने हुन्छ, जसले बजारलाई घटाउँदै लैजान्छ । 

चार अर्ब ५७ करोडको कारोबार
मंगलबारको सेयर कारोबारमा तीन सय १५ कम्पनीको एक करोड १६ लाख ४५ हजार नौ सय पाँच कित्ता सेयर किनबेच भयो । ६० हजार सात सय २० पटक सेयर खरिद–बिक्री हुँदा मूल्यमा चार अर्ब ५७ करोड ६८ लाख ३१ हजार सात सय २० रुपैयाँको कारोबार भएको छ । सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन ३.३०, व्यापार ३.१२ र बैंकिङ ३.०३ प्रतिशत विन्दुले बढेको छ । त्यस्तै, विकास बैंक २.०१, वित्त २.११, होटेल तथा पर्यटन १.०९, जलविद्युत् १.८० र जीवन बिमा २.१७ प्रतिशत विन्दुले बढेको छ । लघुवित्त १.४५, म्युचुअल फन्ड ०.३६, निर्जीवन बिमा २.४३ र अन्य समूह १.७३ प्रतिशत विन्दुले बढेको छ ।

कारोबारमा सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको सेयर मूल्य ८.५४ र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६.९६ प्रतिशतले बढेको छ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको ६.४६ र हिमालयन ऊर्जा विकास कम्पनीको ६.२१ प्रतिशत विन्दुले सेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १२ करोड ३३ लाख ८५ हजार पाँच सय ६९ र कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको प्रमोटर सेयर तीन लाख ६६ हजार पाँच सय कित्ता सेयर किनबेच भएको छ ।  

ad
ad
ad
ad