१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १९ बुधबार o५:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : मैले मात्र भोज खाएर हुन्छ र ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार o५:५५:oo

पण्डित मदनमोहन मालवीयको व्यक्तित्व अत्यन्त प्रभावशाली थियो । उनको प्रभावशाली व्यक्तित्वका कारण उनी जहाँ पुग्थे, त्यहाँ लगभग चमत्कारै हुन्थ्यो । उनको व्यक्तित्व, विचार र बौद्धिकताका कारण उनका निकै प्रशंसक थिए । उनी जहाँ पुग्थे, त्यहाँ उनका नयाँ–नयाँ प्रशंसक पनि थपिन्थे । उनीहरूमध्ये कसैकसैले त उनलाई आफ्नो घरमा विभिन्न अवसर पारेर निमन्त्रणा पनि दिने गर्थे ।

एकपटक एकजना धनी मानिसले उनलाई आफ्नो घरमा छोराको विवाह समारोहमा आयोजित विशाल भोजमा सम्मिलित हुन निमन्त्रणा दिए । निम्तो पाएपछि मालवीयले ती सेठलाई आभार प्रकट गरे, तर उनले तत्कालै नम्रतापूर्वक उनको आग्रह अस्वीकार गरिदिए र भने, ‘यो तपाईंको अत्यन्त ठूलो कृपा हो, जसले मजस्तो एउटा मामुली मानिसलाई आफ्नो घरमा आयोजना गरिने भव्य भोजमा सम्मिलित हुने निमन्त्रणा दिनुभयो । यो मेरो जीवनकै ठूलो सौभाग्य हो । यसका लागि म तपाईंप्रति हार्दिक आभारी छु । तर, म यो भोजमा सम्मिलित हुन भने असमर्थ छु । मेरो देशका लाखौँ दाजुभाइ भोकै छन्, उनीहरू एक छाक मात्र खाएर दिन गुजारिरहेका छन् भने यस्तो वेला म विविध व्यञ्जनले परिपूर्ण ठुल्ठूला भोजमा कसरी सम्मिलित हुन सक्छु ? तपाईंको भोजमा तयार हुने स्वादिष्ट भोजन मेरो घाँटीबाट छिर्दैन ।’

मदनमोहन मालवीयको यो मर्मस्पर्शी वाक्यले त महाजनमा निकै ठूलो प्रभाव पा¥यो । उनले छोराको बिहेमा आयोजना हुने भोज रद्द गरे र सो भोजमा खर्च हुने सम्पूर्ण धन गरिबको कल्याणार्थ दान दिए ।

ad
ad
ad
ad