१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
रासस काठमाडौं
२o८१ असार १८ मंगलबार १६:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

उतारचढावबीच नेप्से ४७ अंकले बढ्यो

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार १६:३२:oo

तीव्र उतारचढावबीच मंगलबार नेप्से परिसूचक ४७.०४ अंकले बढेको छ। नेप्से २.२९ प्रतिशतले बढेर दुई हजार १००.४३ को विन्दुमा कायम भएको हो।

आजको कारोबार सुरु भएलगत्तै परिसूचक चार प्रतिशतले बढेपछि पहिलोपटक २० मिनेटका लागि कारोबार स्थगित भएको थियो। नेप्सेको नियमअनुसार दोस्रोपटक कारोबार सुरु भएको एक मिनेटमै परिसूचक थप एक प्रतिशत विन्दुले बढेर पाँच प्रतिशत पुगेपछि कारोबार अर्को ४० मिनेटका लागि बन्द भएको थियो।

आजको कारोबारमा विभिन्न तीन सय १५ कम्पनीको एक करोड १६ लाख ४५ हजार नौ सय पाँच कित्ता सेयर ६० हजार सात सय २० पटक खरिद–बिक्री हुँदा रु. चार अर्ब ५७ करोड ६८ लाख ३१ हजार सात सय २० बराबरको कारोबार भएको छ।

आज सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन ३.३०, व्यापार ३.१२ र बैंकिङ ३.०३ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक २.०१, वित्त २.११, होटेल तथा पर्यटन १.०९, जलविद्युत् १.८० र जीवन बिमा २.१७ प्रतिशतले बढेको छ । लघुवित्त १.४५, म्युचुअल फन्ड ०.३६, निर्जीवन बिमा २.४३ र अन्य समूह १.७३ प्रतिशतले बढेको छ।

आजको कारोबारमा सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको सेयर मूल्य ८.५४ र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६.९६ प्रतिशतले बढेको छ।

तर, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको ६.४६ र हिमालयन ऊर्जा विकास कम्पनीको ६.२१ प्रतिशतले सेयर मूल्य घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु. १२ करोड ३३ लाख ८५ हजार पाँच सय ६९ र कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको प्रमोटर सेयर तीन लाख ६६ हजार पाँच सय कित्ता सेयर किनबेच भएको छ। रासस

ad
ad
ad
ad