१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १८ मंगलबार ११:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

अरिस्टोटलका विश्वचर्चित भनाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार ११:४o:oo

प्राचीन ग्रिक दार्शनिक अरिस्टोटल (जन्म ः इसापूर्व ३८४, निधन ः इसापूर्व ३२२) आदर्श समाज निर्माणका लागि शिक्षित जनशक्तिको आवश्यकतामा जोड दिन्थे । प्लेटोबाट दीक्षित अरिस्टोटल अलेक्ज्यान्डर महान्जस्ता इतिहासकै सफल कमान्डरका गुरु हुन् । उनका केही विश्वचर्चित भनाइ यस्ता छन् । 
- शिक्षा तितो हुन्छ, तर यसको फल मिठो हुन्छ । 
- हरेक ज्ञानको परीक्षण हुनुपर्छ, यो तर्कसंगत हुनुपर्छ । 
- मानिस राजनीतिक प्राणी हो । 
- हामीले बारम्बार जे गर्छौँ, त्यही हुन्छौँ । त्यसैले  श्रेष्ठता कुनै कार्य होइन, यो अभ्यास हो । 
- एउटा शिक्षित मस्तिष्कले कुनै विचारलाई स्वीकार नगरी आलोचनात्मक रूपमा त्यसको मज्जा लिन सक्छ । 
- हृदय शिक्षित नगरी मस्तिष्कलाई दिइएको शिक्षा कुनै शिक्षा नै होइन । 
- गरिबीले क्रान्ति र अपराध निम्त्याउँछ । 
- अरूलाई कसैलाई थाहा नभएको कुरा थाहा हुनु नै व्यवसायको सफलताको रहस्य हो । 
- राम्रो नेता बन्नका लागि तिमी राम्रो अनुयायी हुनुपर्छ । 
- स्वभावैले सबै मानिसले ज्ञानको इच्छा राख्छन् । 
- खुसी आफैँभित्र निर्भर छ । 
- साहसवनिा तिमीले यो दुनियाँमा केही पनि हासिल गर्नेछैनौ । 
- हरेक महान् बुद्धिमान्ले पागलपन अनुभव गरेका हुन्छन् । 
- मानिस सबै प्राणीहरूमध्ये आदर्श हो । उसलाई कानुन र न्यायबाट अलग राख्नुस्, ऊ सबैभन्दा खराब हो । 

ad
ad
ad
ad