१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १५ शनिबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका गलकोट (बागलुङ)
२o८१ असार १५ शनिबार १२:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

पहिराेले मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, गलकोट (बागलुङ)
नयाँ पत्रिका
२o८१ असार १५ शनिबार १२:५o:oo

गएराति भीषण वर्षासँगै खसेको पहिराले दुईवटा राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएका हुन्।  

कालीगण्डकी करिडोरअन्तर्गतको बागलुङ नगरपालिका–१० दब्ल्याङमा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए।  

मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङका विभिन्न स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ। मध्यपहाडी राजमार्गको काठेखोला गाउँपालिका–६ इनारपानी, गलकोट नगरपालिका–३ बतासे डाँडा, गलकोट नगरपालिका–९ गल्याङ र बडिगाड गाउँपालिका–२ हाँडीखोलामा पहिरोले सडक पूर्ण रूपले अवरुद्ध भएको छ। 

पहिरोका कारण बागलुङ– कुश्मीशेरा सडकको दब्ल्याङ खण्ड पनि अवरुद्ध भएको छ। बाटो खोल्ने प्रयास जारी रहेको सूचना अधिकारी यादवले बताए। 

ad
ad
ad
ad