१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १३ बिहीबार
  • Saturday, 29 June, 2024
२o८१ असार १३ बिहीबार o८:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

वन अतिक्रमण गरी बनाइएको पक्की घरमा नगरपालिकाको डोजर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १३ बिहीबार o८:२o:oo

डिभिजन वन कार्यालय सिराहाले गोलबजार नगरपालिका– ९ स्थित मारुती सिमेन्टनजिकको पक्की घर डोजर लगाएर भत्काएको छ । वन क्षेत्र अतिक्रमण गरी बनाइएको पक्की घरटहरा हटाउन पटकपटक ताकेता गरे पनि बेवास्ता गरेपछि नगरपालिकाले एक्सन लिएको हो ।

मधेश प्रदेश सरकारको चालू आर्थिक वर्ष ०८०/८१ मा वन अतिक्रमण खाली गरी तारबारसहित वृक्षरोपण गर्ने स्वीकृत वार्षिक कार्यक्रमबमोजिम वन क्षेत्रमा पर्ने कित्ता नं. ४२० मा बनाइएको पक्की घर सशस्त्र वनरक्षक, प्रहरीसमेतको टोलीले मंगलबार डोजर लगाएर भत्काएको हो । स्थानीय तहको निर्वाचनको मौका छोपी गोलबजार– ९ का सत्यदेव यादवले चोहर्वास्थित सबडिभिजन वन कार्यालयको कार्यक्षेत्रभित्र पक्की घर बनाएको डिभिजन प्रमुख सुजितकुमार झाले जानकारी दिए । 

उनका अनुसार साबिक चन्द्रोदयपुर गाविस– ८ मा पर्ने पूर्व–पश्चिम लोकमार्गको दक्षिणतर्फ जोडिएको कि.नं. १२२ को दुई बिघा नौ कट्ठा तीन धुर जग्गा वन क्षेत्रमध्ये उत्तरतर्फ एक कट्ठा आठ धुर जग्गा सडकमा परेको थियो । ‘त्यसपछि पुनः कित्ताकाट हुँदा नयाँ कि.नं. ४२० को दुई बिघा सात कट्ठा १५ धुर जग्गा अतिक्रमण गरी यादवले एउटा पक्की घर र टहरा बनाएर बस्दै आएका थिए,’ उनले भने, ‘वन क्षेत्रको जग्गा अतिक्रमण गरी बनाइएको घरटहरा खाली गर्न सबडिभिजनले च.नं. २२३, १३ जेठ ०८१ मा १५ दिनको म्यादसहित घरटहरा हटाउन पत्र बुझाउन जाँदा बुझेनन् । त्यसपछि सोही पत्र नियमानुसार टाँस गरे पनि नहटाएपछि चारकोठे पक्की घर र टहरा भत्काइएको हो ।’

डिभिजन वनले अतिक्रमण खाली गरिएपछि साबिकमा बुट्यान रहेको ठाउँसहित करिब तीन हेक्टर जग्गामा तारबारसमेत वृक्षरोपण गरिने जनाएको छ । पक्की घर बन्ने वेलामै किन नरोकेको भन्ने प्रश्नमा डिभिजन प्रमुख झाले भने, ‘घर निर्माणाधीन अवस्थामै निर्माण कार्य रोक्न पटकपटक मौखिक तथा लिखित आग्रह गर्‍यौँ, तर निर्वाचनको समयमा सबैको व्यस्तताको फाइदा उठाउँदै घर ठड्याए ।’ भत्काएको घरनजिकै अर्का व्यक्तिले बनाएको तीनतले पक्की घर, मारुती सिमेन्टले तत्कालीन सुकुम्बासी आयोगबाट किर्ते गरी जग्गा हत्याएका व्यक्तिबाट लिएको जग्गाको विषयमा डिभिजन वन मौन रहेको यादवको गुनासो छ । 

ad
ad
ad
ad