१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १३ बिहीबार
  • Saturday, 29 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १३ बिहीबार o८:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

फर्किए चिनियाँ  विदेशमन्त्री

बुधबार राष्ट्रपति, परराष्ट्रमन्त्री र एमाले अध्यक्षसँग गरे भेटवार्ता 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १३ बिहीबार o८:१९:oo

चिनियाँ उपविदेशमन्त्री सुन बेइदोङले बुधबार राष्ट्रपति रामचन्द्र पौडेल, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको मंगलबारका लागि बैठकमा सहभागी हुन सोमबार आएका उनी बुधबार नै स्वदेश फर्केका छन् । 

भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधैँ नेपालको विकास प्रयासमा योगदान पुर्‍याएको बताएका छन् । नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा र त्यसपछि पनि चीनले थप सहयोग जारी राख्ने विश्वास व्यक्त गरे । उनले सोमबारै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । 

स्वदेश फर्किनुअघि परराष्ट्रमन्त्री श्रेष्ठसँगको भेटवार्तामा उपमन्त्री सुनले नेपालको विकासमा चीनले सक्दो सहयोग गर्ने बताए । उनले परराष्ट्रमन्त्री श्रेष्ठको चीन भ्रमणको सहमतिअनुसार नेपालीलाई भिसा शुल्क नलिने तथा परम्परागत नाका खोल्ने निर्णय भएको स्मरण गराएका थिए । उनले उच्चस्तरीय भ्रमण आदान–प्रदान भइरहनुपर्ने तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि नेपाल र चीनको सहकार्य भइरहनुपर्ने धारणा राखेको परराष्ट्रमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले बताए । एमाले केन्द्रीय कार्यालय, च्यासलमा भएको ओली र सुनबीच द्विपक्षीय मामिला र आपसी हितका विषयमा छलफल भएको भेटमा सहभागी स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले बताए ।

नेपालको आर्थिक विकासमा निरन्तर सहयोग गर्न चीन तत्पर रहेको उपविदेशमन्त्री सुनको भनाइ 

भेटमा अध्यक्ष ओलीले नेपाल एक चीन नीतिमा दृढ रहेको र नेपाली भूमि चीनका विरुद्धमा प्रयोग हुन नदिने कुरालाई व्यावहारिक रूपमै कार्यान्वयन गरिरहेको जानकारी गराए । त्यस्तै, चीनले नेपालको सार्वभौमसत्ताको सम्मान गर्दै आन्तरिक मामिलामा अहस्तक्षेपको नीति अख्तियार गरिरहेकोप्रति ओलीले धन्यवाद दिएका थिए । 

चीनले नेपालको पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको स्मरण गर्दै अध्यक्ष ओलीले आगामी दिनमा नेपाली जनताको राष्ट्रिय आकांक्षाका रूपमा अगाडि सारिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्य साकार पार्न चीनको अझ बढी सहयोगको अपेक्षा गरिएको बताए ।

भेटमा चीनका उपविदेशमन्त्री सुनले एमालेले एक चीन नीतिको व्यवहारमै कार्यान्वयन गरेकोमा धन्यवाद दिनुका साथै नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिएको र नदिने अडानको प्रशंसा गरे । उपविदेशमन्त्री सुनले अध्यक्ष ओली नेपालको राजनीति बुझेको, स्पष्ट दृष्टिकोण भएको र अडान राख्ने शीर्ष नेता भएको भन्दै अध्यक्ष ओलीको अनुभवबाट नेपाल र दक्षिण एसिया बुझ्न सहयोग पुग्ने बताए । उपविदेशमन्त्री सुनले नेपालको आर्थिक विकासमा निरन्तर सहयोग गर्न चीन तत्पर रहेको स्पष्ट पारे ।  मंगलबार बसेको संयन्त्रको बैठकले आगामी वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ मनाउने निर्णय गरेको छ । सोही अवसरमा आगामी वर्ष ०२५ लाई ‘चीनमा नेपाल भ्रमण वर्ष’ मनाउने चीनको निर्णय छ ।

ad
ad
ad
ad