१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १३ बिहीबार
  • Saturday, 29 June, 2024
२o८१ असार १३ बिहीबार o७:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नारायणी नदीमा डुबेर बालक बेपत्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १३ बिहीबार o७:४४:oo

नवलपुरमा नारायणी नदीमा डुबेर एक  बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गएराति गैँडाकोट– ६ गैह्री बस्ने वर्ष आठका युनिस नेपाली नारायणी नदीमा डुबेर बेपत्ता भएका हुन् । 

नेत्रबहादुर नेपालीको छोरो युनिस नेपाली गएराति आठ बजेतिर घरदेखि पाँच सय मिटर पर नारायणी नदीकिनारमा राखेको काठको डुंगामा साथीहरूसँग खेल्ने क्रममा डुंगाबाट चिप्लिएर नदीमा बेपत्ता भएका हुन् । 

तीनजना बालकहरू डुंगामा खेलिरहेकोमा युनिस नारायणीमा डुबेर बेपत्ता भएपछि अन्य साथीहरूले घरमा खबर गरेका थिए। उनको आज बिहान पनि खोजीकार्य जारी रहेको र अहिलेसम्म फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।

ad
ad
ad
ad