१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १३ बिहीबार
  • Saturday, 29 June, 2024
लेबनानमा हुने चारदेशीय फुटबल प्रतियोगिताका लागि तयारी गर्दै नेपाली महिला फुटबल खेलाडी
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १३ बिहीबार o७:४o:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

राष्ट्रिय टोलीमा फर्किए सरु र रेनुका

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १३ बिहीबार o७:४o:oo

मिडफिल्डरद्वय सरु लिम्बू र रेनुका नगरकोटेले राष्ट्रिय महिला फुटबल टोलीमा नौ महिनापछि पुनरागमन गरेका छन् । नेपालले अर्काे महिना लेबनानले आयोजना गर्ने चारदेशीय प्रतियोगिता खेल्दै छ । प्रशिक्षक राजेन्द्र तामाङले गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा बुधबार २२ सदस्यीय टोली घोषणा गरेका छन् । घोषित टोलीमा सरु र रेनुकाले स्थान बनाएका हु्न् । प्रशिक्षक तामाङले यसअघि टोलीमा रहेकी चन्द्रा भण्डारी र सरस्वती हमाललाई बाहिर राखेका छन् ।

वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा घाइते भएकी प्रीति राई र युरोप जानुपरेका कारण फाइनल गुमाएकी सावित्रा भण्डारी पनि टोलीमा जोडिएका छन् । सिनियर दुई खेलाडीको आगमनले टोलीमा उत्साह थपेको प्रशिक्षक तामाङ र कप्तान एन्जिलाले प्रतिक्रिया दिएका छन् । ‘दुई सिनियर खेलाडी फर्किंदा टोली थप बलियो भएको महसुस भएको छ,’ कप्तान एन्जिलाले भनिन् । १७ फागुनमा भएको वाफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा पराजित भएको थियो । 

जोर्डनविरुद्धको फाइनलमा नेपाल पराजित हुँदा सरु र रेनुका टोलीमा थिएनन् । घाइते भएपछि दुवै खेलाडीले भारतीय महिला लिगसमेत खेल्न पाएनन् । रेनुका गत असोजमा चीनमा भएको १९औँ एसियन खेलकुद प्रतियोगितामा पनि थिइनन् । एसियन खेलमा फिफा महिला विश्वकप विजेता जापान, भियतनाम तथा बंगलादेशविरुद्ध खेल्दा रेनुकाले नै कप्तानी गरेकी थिइन् । 

नियमित कप्तान भए पनि घाइते भएपछि रेनुका कहिले बेन्च बसिन् भने कहिले टिमबाट बाहिर रहिन् । उनपछि गोलरक्षक एञ्जिलाले कप्तानी गरेकी हुन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपमा पनि रेनुका घाइते भएपछि टिममा परिनन् हुन् । सरु र रेनुका टोलीमा फर्किंदा क्लोज क्याम्पमा रहेका प्रतीक्षा चौधरी, सरस्वती हमाल र चन्द्रा भण्डारी बाहिरिएका छन् । चन्द्रा र सरस्वतीले वाफ च्याम्पियनसिपमा डेब्यु गरेका थिए । 

७ खेल गुमाएकी सरु 
अनुभवी मिडफिल्डर सरुले नौ महिनापछि कमब्याक गर्नेछिन् । ५ असोज ०८० मा १९औँ एसियाडमा भियतनामविरुद्ध उनले अन्तिमपटक खेल खेलेकी थिइन् । त्यसपछि उनी एकैपटक अहिले राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । १९औँ एसियन गेम्सको तयारी गर्दा उनको खुट्टा भाँचिएको थियो । ‘मैदानमा धेरैपछि फर्किएको छु,’ सरुले भनिन् । नेपालको उमेर समूह हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएकी मोरङकी सुरुले चोटपछि १९औँ एसियन गेम्सपछि वाफ च्याम्पियनसिप गुमाइन् । यसबीचमा उनले सात खेल खेल्न पाइनन् । 

बंगलादेशले नाम फिर्ता लियो
२६ असारदेखि १ साउनसम्म चल्ने चारदेशीय फुटबल प्रतियोगितामा नेपालको पहिलो खेल जोर्डनसँग हुनेछ । यो खेलमा नेपालले वाफको फाइनलमा व्यहोरेको हार बदला लिने योजना हुनेछ । दोस्रो खेल २९ असारमा नेपाल र बंगलादेशबीचको रहेको छ । तर, बंगलादेशले बुधबार नै प्रतियोगिताबाट नाम फिर्ता लिएको छ । अब, आयोजकले बंगलादेशको स्थानमा अर्को टिम टुंगो लगाउनेछ । अन्तिम खेल १ साउनमा घरेलु टोली लेबनानसँग खेल्ने तालिका छ । वाफमा भएको भेटमा नेपालले लेबनानलाई २–१ ले हराएको थियो । 

टिम थप बलियो भएको छ
एन्जिला तुम्बाप्पो सुब्बा,कप्तान, नेपाल

दुई खेलाडी टिममा जोडिएपछि टिम थप बलियो भएको महसुस गरेकी छु । प्रतियोगिताका लागि राम्रो तयारी भएको छ । टिममा सबै खेलाडी अनुभवी छन् । पुरानै टिम भएकाले तालमेल पनि राम्रो छ ।

अभ्यास राम्रो भइरहेको छ
रेनुका नगरकोटे, खेलाडी

एसियन गेम्सपछि टिममा फर्किएको छु । घाइते भएपछि धेरै समय मैदानबाहिर हुनुप¥यो । अहिले अभ्यास राम्रो भइरहेको छ । उत्कृष्ट प्रदर्शन गर्दै सेटमा खेल्ने र पुरानै लय कायम राख्ने योजना छ । 

नेपाली टोली
गोलरक्षक : एन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना रानामगर, उषा नाथ
रक्षक : गीता राना, अमृता जैसी, हिराकुमारी भुजेल, विमला विक, निशा थोकर, पूजा राना, समीक्षा घिमिरे
मिडफिल्डर : रेनुका नगरकोटे, सरु लिम्बू, अनिता बस्नेत, सविता रानामगर, अनिता केसी, प्रीति राई, अमिषा कार्की, दीपा शाही, विमला चौधरी 
स्ट्राइकर : सावित्रा भण्डारी, रेखा पौडेल, रश्मिकुमारी घिसिङ

ad
ad
ad
ad