१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १३ बिहीबार
  • Saturday, 29 June, 2024
२o८१ असार १३ बिहीबार o६:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आइसिसी टी–२० विश्वकप : दक्षिण अफ्रिकालाई अफगानिस्तानको डर

१३ अन्तर्राष्ट्रिय क्रिकेटको सेमिफाइनल अनुभव बटुलेको दक्षिण अफ्रिकाले आज फाइनल प्रवेशको प्रतिस्पर्धामा बलियो अफगानिस्तानको सामना गर्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १३ बिहीबार o६:५४:oo

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा बिहीबार बिहान दक्षिण अफ्रिकाले अफगानिस्तानको सामना गर्दै छ । चालू विश्वकपमा अपराजित रही दक्षिण अफ्रिकाले अन्तिम चारको स्थान सुरक्षित गरेको हो । अफगानिस्तानले एकपछि अर्को उत्कृष्ट नतिजा निकाल्दै पहिलोपटक सेमिफाइनलमा स्थान पक्का गरेको हो । यी दुई टोलीबीचको फरक नै अनुभव हो । 

दक्षिण अफ्रिकासँग एकदिवसीय र टी–२० विश्वकपको सेमिफाइनल खेलेको अनुभव छ । यद्यपि, यो टोली एकपटक पनि फाइनलमा पुगेको छैन । ४९ वर्षको क्रिकेट इतिहास बोकेको दक्षिण अफ्रिकालाई ‘चोकर्स’ भनिन्छ । चोकर्सले महत्वपूर्ण खेलमा नर्भस र पराजित हुने अर्थ जनाउँछ । क्रिकेटमा दक्षिण अफ्रिकाले कयौँपटक चोकर्सको सामना गरेको छ । एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले दुईपटक यस्तै घटना व्यहोर्‍यो ।

नवौँ संस्करणको सेमिफाइनलमा दक्षिण अफ्रिकाले ‘चोकर्स’ ट्याग मेटाउने प्रयास गर्नेछ । तर, उसका अगाडि अफगानिस्तान छ । अफगानिस्तानले विश्वकपमा सनसनी नतिजा निकाली न्युजिल्यान्ड र अस्ट्रेलियामाथि सानदार जित निकालेको थियो । सुपर एटमा बंगलादेशजस्तो अनुभवी टोलीलाई डिएसएल नियमअनुसार ८ रनले हराउँदै पहिलोपटक अन्तिम चारको स्थान पक्का गर्‍यो । अफगानिस्तानका कप्तान रसिद खानले क्रिकेटको माध्यमबाट अफगानी जनतालाई खुसी दिलाएको प्रतिक्रिया दिएका छन् । 

‘अहिले क्रिकेटबाट सम्पूर्ण अफगानी जनतालाई एक किसिमको खुसी दिइरहेका छौँ, यो क्रम अन्तिमसम्म चल्नेछ,’ उनले भने, ‘यो केवल सुरुवात मात्र हो, हामी अझ सशक्त भएर खेल्नेछौँ ।’ सन् १९९२ को एकदिवसीय विश्वकपबाटै दक्षिण अफ्रिका क्रिकेट संसारमा फर्किएको थियो । त्यसपछि दक्षिण अफ्रिकाले १३ विभिन्न प्रतियोगिताका सेमिफाइनल खेलेको छ । तर, कुनै पनि अवसरमा दक्षिण अफ्रिका फाइनल पुगेको छैन ।

पावर प्लेमा अफगानिस्तान बलियो
चालू विश्वकपमा अफगानिस्तानको सर्वाधिक बलियो पक्ष नै पावर प्लेमा उत्कृष्ट बलिङ गर्नु हो । अफगानिस्तानका बलरले पावर प्लेमा २० विकेट लिएका छन् । उनीहरूले पावर प्लेमा ७.१९ को रनरेटमा ब्याटिङ गरेका छन् । दक्षिण अफ्रिकाले पावर प्लेमा १० विकेट मात्र हात पारेको छ । यस अर्थमा सुरुवाती ६ ओभरमा अफगानिस्तानी बलरले दक्षिण अफ्रिकी ब्याट्सम्यानलाई दबाबमा राख्न सक्छन् । 

यसैगरी, अफगानिस्तानको मध्यक्रम ब्याटिङ स्ट्राइक रेट राम्रो छ । ४–७ औँ क्रमसम्म ब्याटिङ गर्ने खेलाडीको औसत स्ट्राइक नै १०२.११ रहेको छ । जब कि दक्षिण अफ्रिकी खेलाडीको औसत स्ट्राइक ९० भन्दा तल रहेको छ । क्रिकेट इतिहासमा अफगानिस्तानले अहिलेसम्म टेस्ट खेल्ने राष्ट्रमध्ये दक्षिण अफ्रिका र भारतलाई मात्र हराएको छैन । यसबाहेक उसले अन्य राष्ट्रलाई पराजित गरेको छ ।

ad
ad
ad
ad