१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ४ मंगलबार
  • Saturday, 24 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ४ मंगलबार o८:o४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पार्टीभित्र विचारमा कुनै मतभेद छैन : नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ४ मंगलबार o८:o४:oo

एकीकृत समाजवादीका शीर्ष नेताहरूले विचारमा एकमत भएको दाबी गरेका छन् । केही समयअघिसम्म जबज कि समाजवादी कार्यक्रम भन्ने विषयमा शीर्ष नेतृत्वबीच फरक मत रहे पनि महाधिवेशनको दस्ताबेज निर्माण गर्ने क्रममा विचारमा एकमत भएको उनीहरूको भनाइ छ ।

दस्ताबेज निर्माणअघि अध्यक्ष माधवकुमार नेपालले जबज र सम्मानित नेता झलनाथ खनालले समाजवादी कार्यक्रममा जोड दिँदै आएका थिए । तर, महाधिवेशनको दस्ताबेज निर्माणका क्रममा अध्यक्ष नेपाल पनि समाजवादी कार्यक्रममा सहमत भएका हुन् । नेपालले केही समयअघिसम्म जबजलाई पेटेन्ट राइटको रूपमा व्यवस्था गरेका थिए । खनालले जबजलाई नै अघि सार्दा एमालेभन्दा पृथक् हुन नसकिने र विद्रोहको औचित्य पुष्टि नहुने बताउँदै आएका थिए ।

पार्टीनिकट अखिल नेपाल महिला संघ (समाजवादी)ले सोमबार पार्टी कार्यालय आलोकनगरमा आयोजना गरेको कार्यक्रममा नेपालले पार्टीभित्र विचारमा कुनै मतभेद नरहेको दाबी गरे । नेता–कार्यकर्ताको सामूहिक बुद्धिबाट महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, समाजवादी कार्यक्रम, सांगठनिक प्रतिवेदनलगायत दस्ताबेज तयार पारेको बताए । ‘अहिले हाम्रो पार्टीमा विचारको कुनै मतभेद छैन । स्वाभाविक रूपमा पार्टीको महाधिवेशनमा विचारलाई व्यवस्थित रूपले अघि सार्नुपर्ने आवश्यकता पर्छ । त्यसो हुनाले हामी यो महाधिवेशनबाटै पहिलो पार्टी बन्न गइरहेका छौँ, जसले नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित रूपमा अगाडि सार्दै छ,’ उनले भने ।