१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३ सोमबार
  • Wednesday, 26 June, 2024
२o८१ असार ३ सोमबार १३:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

गिडिदहमा धर्मशाला र शौचालय निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ३ सोमबार १३:२४:oo

कर्णाली प्रदेशको नयाँ पर्यटकीय गन्तव्य गिडिदहमा पदमार्गसहित धर्मशाला र शौचालय निर्माण गरिएको छ। तातोपानी गाउँपालिका– ४ स्थित गिडिदहमा पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार निर्माणदेखि प्रचारप्रसारमा जोड दिइएको छ।

केही समयअघि गिडिदहसम्म पुग्न बाटो नै नभएकोमा गाउँपालिकाले हाल आफ्नै लगानीमा पदमार्ग निर्माण गरिसकेको छ। साथै गिडिदहको छेउमा धर्मशाला र मैत्रीपूर्ण शौचालयसमेत निर्माण गरिएको छ। यसअघि पर्यटकहरू टेन्ट हालेर बस्नुपर्ने अवस्था थियो। वर्षात् हुँदा र दिसापिसाब गर्नुपर्दा निकै समस्या हुन्थ्यो।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १० लाख र दुई लाख जनश्रमदान गरी १२ लाख लगानीमा धर्मशाला निर्माण भएको तातोपानी गाउँपालिका– ४ का वडाध्यक्ष अम्मरबहादुर रोकायाले बताए। उनका अनुसार उक्त धर्मशालामा कम्तीमा ३५ जना बस्न मिल्नेछ।

तातोपानी– ४ र डिभिजन वन कार्यालयको द्विपक्षीय सम्झौताअनुसार धर्मशाला, वातावरणमैत्री शौचालय र खानेपानी धारासमेत निर्माण गरिएको रोकायाले  जानकारी दिए।

समुद्री सतहदेखि तीन हजार चार सय ८५ मिटर उचाइमा अवस्थित गिडिदह एक हजार पाँच सय १० मिटर लामो, तीन सय १० मिटर चौडा र ४२.८ मिटर गहिराइ छ। यहाँ १८ प्ररकारका चरा, सात प्रकारका स्तनधारी जनावर र ७४ प्रकारका चराचुरुंगी रहेका छन् । गिडिदहको क्षेत्रफल यसअघि सार्वजानिक भएको हो ।

ad
ad
ad
ad