१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३ सोमबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार ३ सोमबार o८:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

श्रममन्त्री डोलप्रसाद अर्यालका सय दिन : श्रम र रोजगारको क्षेत्रमा थिति बसाल्ने प्रयास

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार ३ सोमबार o८:५७:oo

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम र रोजगारको क्षेत्रमा थिति बसाल्ने प्रयास गरेको बताएका छन् । कार्यकाल सम्हालेको सय दिन पुगेको अवसरमा आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो प्रगाति विवरण प्रस्तुत गरेका हुन् । २३ फागुनमा कार्यभार सम्हालेका मन्त्री अर्यालको ३१ जेठमा सय दिन पुगेको छ । 

 एक घण्टामै श्रम स्वीकृत
विगतमा साता दिनसम्म लाग्ने श्रम स्वीकृति पाउने समयलाई व्यवस्थापन गरेर मन्त्री पौडेलले एक घण्टामा झारेको बताएका छन् । उनले भने, ‘यो प्रक्रियाले सरकारी काम केही पनि समयमा हुँदै भन्नेहरूलाई विश्वास बढेको छ र श्रम स्वीकृति प्रक्रियामा हुन सक्ने ठगी नियन्त्रणमा आएको छ ।’

 श्रमाधान स्थापना र सञ्चालन
आन्तरिक तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको गुनासो, उजुरी र सुझावहरू सम्बोधन गर्न सूचना प्रविधिमा आधारित एकद्वार प्रणाली श्रमाधान सञ्चालनमा ल्याएको छ । श्रमाधानले श्रमिकका समस्याहरूको तुरुन्तै सम्बोधन गर्ने तयारीमा गरिएको छ । त्यस्तै, मन्त्रालयले कल सेन्टरको व्यवस्था गरेको छ । श्रमाधान प्रणालीको विकास गरी मन्त्रालय तथा मातहत निकायमा प्राप्त हुने गुनासा तथा उजुरी सुझावलाई २४ घण्टाभित्रै सुनवाइ हुँदै आएको छ । यसले श्रमिकको गुनासो सुुनाइ भइरहेको मन्त्रालयको दाबी छ ।

 श्रमाधान रोजगार मेला
देशभित्रै रोजगार सिर्जना गर्ने उद्देश्यले सातवटै प्रदेशमा श्रमाधान रोजगार मेला सम्पन्न भएको छ । मेलाले रोजगार दाता र रोजगारीको खोजीमा रहेका युवाहरूको बीचमा पुलको काम गरेको छ । हजारौँ युवालाई सम्भावित रोजगारीको अवसरसँग जोड्ने काम श्रमाधान मेलाले गरेको मन्त्री अर्यालको भनाइ छ ।

 नीतिगत तथा कानुनी सुधार
अर्यालेले आफ्नो कार्यकालमा विगतमा विवादित कार्यविधिलाई खारेज गरेको केही कार्यविधिलाई परिमार्जन गरेको बताएका छन् । मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरणका लागि शुल्क वृद्धिसहितको व्यवस्था गर्न बनेको कार्यविधि, दक्ष, अर्धदक्ष कामदारका लागि अंग्रेजी अनिवार्य गर्ने सम्बन्धमा बनेकोलगायतका कार्यविधि खारेज गरेको छ । जापानमा सिपयुक्त कामदार पठाउने सम्बन्धमा जारी भएको कार्यविधि, दक्षिण कोरियामा इ–भिसामा कामदार पठाउने सम्बन्धमा जारी कार्यविधि र बिटुबी प्रक्रियाबाट इजरायलमा कामदार पठाउने निर्णय परिमार्जनका क्रममा रहेको मन्त्री अर्यालले जानकारी दिएका छन् ।  

 श्रमिकका परिवारलाई सामाजिक सुरक्षा
वैदेशिक रोजगारमा जाने श्रमिकका परिवारले सामाजिक सुरक्षा कोषको सुविधा पाउने भएका छन् । १७ जेठदेखि स्वरोजगार, अनौपचारिक क्षेत्र तथा वैदेशिक रोजगारमा जाने योगदानकर्ता र निजका परिवारले पनि सामाजिक सुरक्षा कोषअन्तर्गतको औषधि–उपचार सुविधा प्राप्त गर्ने व्यवस्था लागू भएको छ । यसअघि नौ महिना योगदानकर्तालाई उक्त सुविधा दिने व्यवस्था भएकोमा अबदेखि महिना मात्रै योगदान भए पनि सुविधा पाउने जनाइएको छ । त्यस्तै, योगदानकर्ताले दुर्घटना उपचार खर्चबापत एक लाख प्राप्त गर्ने व्यवस्था रहेको उक्त रकमलाई बढाएर सात लाख पुर्‍याएको छ । 

ad
ad
ad
ad